धनुषाको पर्वतामा पर्वतेश्वरनाथ महादेव मन्दिर निर्माण

वडा नम्बर ५ का वडाध्यक्ष ईन्द्र कुमार महतोको अध्यक्षता तथा मेयर मण्डलको प्रमुख आतिथ्यमा शिलान्यास कार्यक्रमको आयोजना गरी मन्दिर शिलान्यास गरिएको हो ।

२०७८ बैशाख २० सोमबार
दिउसो १२:३८ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा धनुषाको पर्वतामा पर्वतेश्वरनाथ महादेवको मन्दिर निर्माण गरिएको छ ।

आईतबार एक कार्यक्रमबीच धनुषाधाम नगरपालिका वडा नम्बर ५ पर्वतास्थित मन्दिरको उदघाटन गरिएको हो । धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले उदघाटन गरेका छन् । 

वडा नम्बर ५ का वडाध्यक्ष ईन्द्र कुमार महतोको अध्यक्षता तथा मेयर मण्डलको प्रमुख आतिथ्यमा शिलान्यास कार्यक्रमको आयोजना गरी मन्दिर उदघाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै मेयर मण्डलले कोरोनाको महामारीबीच शिबबाबाको मन्दिर पर्वतेश्वरनाथ महादेवको मन्दिर पुर्व समय तालिका अनुसार समाजिक दुरि कायम गरि उद्घाटन कार्यक्रम गर्न रहि आएकोले उद्घाटन हुदा खुसी व्यक्त गरे ।

कार्यक्रम अध्यक्षता गर्दै अध्यक्ष महतोले मन्दिर स्थापना गराउन जग्गादाता हनुमानजी मन्दिरको महन्त प्रमेश्वर दासलाई दानबीरको सँज्ञा दिँद महन्त दासले ७ कठ्ठा जग्गा दान गरि मन्दीर स्थापना गराउन सहयोग गरेकोमा प्रशँसा गरे । 

उद्घाटन कार्यक्रममा कलश यात्रामा गाउँ भरिका महिलाहरुको सहभागीता रहेको थियो ।  सो कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्र १ का सभापति जितनारायाण यादव ,प्रदेश ख का सभापति ऋषिकेस लामा,वडा नं ८ का अध्यक्ष बिनोददिप लामा,लगायत अन्य  कैयो समाजसेवीहरु उपस्थिति रहेका थिए ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 33%

बच्चा खेलाउँदै बाँदर

  • २०७८ बैशाख २० सोमबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus

} }