जनकपुरमा राजदेवी मन्दिरको प्रवेशद्धार बनाउने नाममा अवैद्य रकम असुल्ने नट पक्राउ
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको जनकपुरको राजदेवी मन्दिरको द्धारा निर्माण वृहत्तर जनकपुर विकास परिषद्को कोषबाट निर्माण भइरहेको छ ।

२०७८ बैशाख १५ बुधबार, बेलुकी ५:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको राजदेवी मन्दिरको गेट निर्माणको लागि आम सर्वसाधारणहरुसँग रकम असुल्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
मन्दिरको मुख्यद्धार निर्माणको नाममा आम सर्वसाधारणहरुसँग पैसा उठाउँदै गर्दा मुजेलियाबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बल्बा नगरपालिका धमौरा बस्ने बिनय नटको १७ बर्षिय छोरा अवेश नट रहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, बुधबार बिहान नटले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलियास्थित यातायात कार्यालयको पछाडी आम सर्वसाधारणहरुसँग मन्दिरको गेट निर्माणको नाममा अवैद्य पैसा उठाउँदै गर्दा पक्राउ परेका हुन् ।
जानकारी अनुसार, नटले प्रत्येक वर्ष मेला आयोजना सहित रेखदेख गर्ने महावीर युवा कमिटिको नाममा चन्दा उठाउन लागेका थिए । सो कार्यमा अन्य व्यक्तिहरु समेत सँलग्न रहेको जनाउँदै जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुको पनि खोजबिन भइरहेको जनाएको छ ।
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको जनकपुरको राजदेवी मन्दिरको द्धारा निर्माण वृहत्तर जनकपुर विकास परिषद्को कोषबाट निर्माण भइरहेको छ । उक्त निर्माण भइरहेको द्धाराका लागी कोषबाट ३५ लाख विनियोजन गरेको हो ।
द्धार निर्माण कार्य द्रुत गतिमा भइरहेको र यस निर्माण कार्यमा विकास परिषद् कोष बाहेक अरु कही कतैबाट आर्थिक सहयोग नलिएको महावीर युवा कमिटीका अध्यक्ष संतोष साहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…