जनकपुरः बसले मोसालाई ठक्कर दिँदा एक युवक गम्भिर !
मोटरसाईकल र बस अहिले प्रहरीको नियन्त्रणमा रहेको तथा घाईते रामलाई उपचारको लागि जनकपुरको प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

२०७८ बैशाख १३ सोमबार, दिउँसो १:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित मोटरसाईकल दुर्घटना हुँदा एक युवक गम्भिर घाईते भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ को बेलौनी र पुलचोकको बीचमा बसले मोटरसाईकललाई ठक्कर दिँदा धनुषाका एक युवक गम्भिर भएका हुन् ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर ३ सबैलास्थित बस्ने अन्दाजी बर्ष २४ का सुनिल कुमार रामको अवस्था गम्भिर भएको हो । उनको एउटा खुट्टा भाँचिएको वडा प्रहरी कार्यालय रेल्वे स्टेशनले जनाएको छ ।
ना ३० ख ६७५७ नम्बरको मोटरसाईकललाई बेलौनीबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ४२६४ नम्बरको बसले पछाडीबाट ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो करिब ११ः४५ बजेको समयमा तीव्र गतिमा रहेको बसले सो मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएपछि सुनिलको दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल र बस अहिले प्रहरीको नियन्त्रणमा रहेको तथा घाईते रामलाई उपचारको लागि जनकपुरको प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…