जनकपुरः बसले मोसालाई ठक्कर दिँदा एक युवक गम्भिर !

मोटरसाईकल र बस अहिले प्रहरीको नियन्त्रणमा रहेको तथा घाईते रामलाई उपचारको लागि जनकपुरको प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।  

२०७८ बैशाख १३ सोमबार
दिउसो १:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित मोटरसाईकल दुर्घटना हुँदा एक युवक गम्भिर घाईते भएका छन् । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ को बेलौनी र पुलचोकको बीचमा बसले मोटरसाईकललाई ठक्कर दिँदा धनुषाका एक युवक गम्भिर भएका हुन् । 

धनुषाको सबैला नगरपालिका वडा नम्बर ३ सबैलास्थित बस्ने अन्दाजी बर्ष २४ का सुनिल कुमार रामको अवस्था गम्भिर भएको हो । उनको एउटा खुट्टा भाँचिएको वडा प्रहरी कार्यालय रेल्वे स्टेशनले जनाएको छ । 
ना ३० ख ६७५७ नम्बरको मोटरसाईकललाई बेलौनीबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ४२६४ नम्बरको बसले पछाडीबाट ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । 

सोमबार दिउँसो करिब ११ः४५ बजेको समयमा तीव्र गतिमा रहेको बसले सो मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएपछि सुनिलको दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । 

मोटरसाईकल र बस अहिले प्रहरीको नियन्त्रणमा रहेको तथा घाईते रामलाई उपचारको लागि जनकपुरको प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।  
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 60%
  • 20%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७८ बैशाख १३ सोमबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus