गोलबजारको ग्रीन ल्याण्ड होटलमा प्रहरीको छापा, दुई जना पक्राउ
होटलको नाममा भित्र लज पनि राखेर यस्ता कार्यहरु गर्दै आएको जानकारी गोप्य श्रोतबाट प्राप्त भएको छ ।

२०७८ बैशाख ९ बिहीबार, बिहान ९:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको मुख्य बजार मानिने गोलबजार स्थितको एक होटलमा गोलबजार प्रहरीले छापामारी गरेपछि दुई जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गोलबजारले गत बैशाख १ गते नै नियमित चेकजाँचको क्रममा चेकजाँज गर्न जाँदा होटलका कर्मचारीले दुरव्यवहार गरेपछि दुई जनालाई पक्राउ समेत गरिएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी ईन्चार्ज (ईन्सपेक्टर) सँतोष कुमार राईका अनुसार प्रहरीले आफ्नो डयुटि गरिरहँदा होटलका दुई कर्मचारीले प्रहरी उपर दुरव्यवहार गरेपछि दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
नयाँ बर्षकै राती करिब १२ बजे जिल्ला प्रहरी कार्यालय सिरहाको टोलि र गोलबजारको सँयुक्त टोलीले छापा हानेको थियो । सो क्रममा होटलका स्टाफले प्रहरीसँग दुरव्यवहार गरेको तथा डयुटि गर्नबाट रोक्न खोजेको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
सोही क्रममा नाम नखोल्ने शर्तमा स्थानीय एक व्यावसायीले होटलभित्र अनैतिक कार्यहरु गर्दै आएको बेलामा उनीहरुलाई पक्राउ गरिएको बताएका छन् । यता, इन्सपेक्टर राईले भने प्रहरी उपर दुरव्यवहार गरेको कारण पक्राउ गरेको बताएका छन् ।
होटलभित्र यौन क्रियाकलाप चलाउँदै आएको स्थानीय व्यावसायीहरुले जनाएका छन् । होटलको नाममा भित्र लज पनि राखेर यस्ता कार्यहरु गर्दै आएको जानकारी गोप्य श्रोतबाट प्राप्त भएको छ ।
यस सन्दर्भमा होटल संचालक जिवछ साहले फोन सम्पर्कमा केही भन्न नसक्ने प्रतिक्रिया दिएका छन् । सिरहाको गोलबजारमा यस्ता क्रियाकलापहरु अधिक फस्टाएको विभिन्न समयमा समाचारहरु बाहिरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…