धनुषाको बरमझियामा नगरपालिकाले बनाइदिए प्रहरी चौकी
समुदायमा शान्ति सुरक्षाको हिसाबले कुनै किसिमको कसर बाँकी नराख्ने महानिरीक्षक सिंहले बताए ।

२०७८ बैशाख ६ सोमबार, बिहान ११:४७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको ५२ लाख रुपैयाँको लागतमा प्रहरी चौकी बरमझिया निर्माण गरी उदघाटन गरिएको छ ।
प्रहरी नायव महानिरिक्षक धिरज प्रताप सिंहबाट आईतबार सो प्रहरी चौकीको उदघाटन गरिएको हो । नगरपालिकाको सहयोगमा बनेको प्रहरी चौकीको भवनको स्थानीय जनप्रतिनीधिहरुले पहल गरेका थिए ।
सो क्रममा प्रहरी नायव महानिरिक्षक (डिआईजी) सिहंले नगरपालिकाले प्रहरीको भवन बनाई सहयोग गरेको भन्दै जनप्रतिनीधिलाई प्रशँसा गरे । बिना बर्दिको प्रहरी जनता रहेको बताउँदै उनले एक अर्कासँग हातोमालो गरि अगाडि बढन आग्रह गरे ।
समुदायमा शान्ति सुरक्षाको हिसाबले कुनै किसिमको कसर बाँकी नराख्ने महानिरीक्षक सिंहले बताए ।
उदघाटन कार्यक्रमको अध्यक्षता गरेको गणेशमान चारनाथ नगरपालिका मेयर रामबाबू यादवले समाजमा शान्ति होस् सुरक्षा दृस्ठिकोणले २०४७ सालमा स्थापना भएका प्रहरी चौकीको भवन नहुँदा सुरक्षित साथ बस्न कठिनाई भएको अवस्थामा भवन अब सहजता प्रदान गर्ने बताए ।
प्रहरीहरुको कठिनाइ हुँदा नगरपालिकाबाट बजेट बिनियोजित गरि भवन निर्माण गरिएको बताउँदै उनले जिल्ला भरीबाट लागू औषधमा फसेका युवाहरुलाई सुधारात्मक बाताबरण निर्माण गर्न सहज हुने बताए ।
उनले अपराधलाई जिल्लाबाट मुक्त गर्न धनुषाका वर्तमान एसपी प्रकाश राना भट्टको कामको प्रशंसा समेत गरे । गाउँको प्रहरी चौकिमा महिला प्रहरी व्यवस्थापन गरिदिन मेयर यादवले अनुरोध समेत गरे ।
सो कार्यक्रमका बिशिस्ट अतिथी नगर उपप्रमुख मिना कुमारी यादवले शुभकामना मन्तव्य राखिन । मन्तव्य राख्दै उपमेयर यादवले प्रहरी चौकी भवन समुदघाटन कार्यक्रम आफनै कार्यकाल गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताइन् ।
“नगरका न्यापालिका संयोजक छु त्यसले गर्दा प्रहरी चौकी व्यवस्थित हुँदा खुसी लागेको छ । जनतामा अझै सुरक्षाको बलियोपन हुने बिश्वास छ । पालिका भरिका जनता सुरक्षित होस् र कुनै किसिमको कसर नराख्ने उचित न्याय सम्म पहुँच बढाउन पहल गर्ने उपमेयर यादवले बताएका थिए ।
सो कार्यक्रममा इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देल ,इन्जिनियर लखन्देव यादव , प्रशासकीय अधिकृत सुर्या सिंह ,लेखा अधिकृत शिवनारायण साह ,पूर्व गा वि स अध्यक्ष ब्रहमदेव यादव ,विभिन्न वडाका अध्यक्षहरु उपमेयर प्रत्यासी निशा मोक्तान लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…