सर्लाहीमा ठक्कर दिई भागेका गाडी र चालक सिसिटिभीको भिडियोले रौतहटबाट पक्राउ
बिहानै मर्निङ्ग वाक निस्केको वर्ष ४५ को तेज विक्रम सुवेदीलाई नम्बर नखुलेको बोलेरो पिकअप गाडीले ठक्कर दिई फरार फरार भएको थियो ।

२०७७ चैत २७ शुक्रबार, राति ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । विहिबार बिहान करिब ५ः३० बजेको समयमा प्रदेश नम्बर २ को सर्लाहीमा एक जनालाई ठक्कर दिएर भागेका गाडी र चालकलाई प्रहरीले केही घण्टाभित्रै पक्राउ गरेको छ ।
प्रदेश नम्बर २ को सर्लाही जिल्लाको बागमति नगरपालिका वडा नम्बर ४ कर्मैया स्थित मर्निँग वाकमा निस्केका एक स्थानीयलाई ठक्कर दिएर भागेको थियो ।
बिहानै मर्निङ्ग वाक निस्केको वर्ष ४५ को तेज विक्रम सुवेदीलाई नम्बर नखुलेको बोलेरो पिकअप गाडीले ठक्कर दिई फरार फरार भएको थियो । घाईते सुवेदीलाई तत्कालै उपचारको लागि वीरगँज पठाएको थियो ।
ठक्करबाट गम्भिर घाईते भएका सुवेदीलाई पुनः थप उपचारको लागि हेलिकप्टरद्धारा मेडिसीटी अस्पताल भैसेपाटी काठमाण्डौं पठाएको हो । उक्त ठक्कर दिई फरार भएको सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी संतोष सिंह राठौरको निर्देशन अनुसार ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक निर्मल थापाको कमाण्डमा खटिएको संयुक्त टोलीले खोजतलास गर्दै जाने क्रममा सिसिटिभी फुटेजको आधारमा रौतहटबाट पक्राउ गर्न सफल भएको हो ।
सिसिटिभी हेर्नुका साथै स्थानिय प्रहरी एवं स्थानिय बासीहरुसंग समन्वय गरी जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ९ सिन्धुरेघारी भन्ने स्थानबाट उक्त ठक्कर दिई फरार भएको ना ३ च ८०२८ नम्बरको बोलेरो पिकअप गाडी र चालक सोही नगरपालिकाको वडा नं. ५ बस्ने वर्ष २१ को करण राईलाई १० घण्टा भित्र पक्राउ गरी ईलाका प्रहरी कार्यालय हरिवन, सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…