न्यूज ब्यूरो प्रभावः जनकपुरमा ड्युटिमै होटलमा गएर दारु खाने प्रहरी हबल्दार 'झा' निलम्बन !

प्रहरीको पोशाक लगाएर मादक पदार्थ सेवन तथा अनुशासनहिनता जस्ता कार्यहरु गरेको खण्डमा कारवाही हुने गरेको छ । 

२०७७ चैत २७ शुक्रबार
बेलुकी ६:१७ बजे
अभिनय कुमार मिश्र


न्यूज ब्यूरो, जनकपुरधाम । बर्दिमै बियर खाएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले एक प्रहरीलाई निलम्बन गरेको छ । 

जनकपुरधाम विमानस्थलका प्रहरी हबल्दार विजयचन्द्र झालाई जिल्ला प्रहरी कार्यालय धनुषाले कारवाही गरि ६ महिनाको लागि निलम्बन गरी जाँचप्रताल अगाडी बढाएको हो । 

@newsbureau_nepal

प्रहरीको बर्दी लगाएर होटेलमा दारु खाने प्रहरी हवलदार निलम्बन ! #Janakpur #newsbureau_nepal #police nepal_police #news

♬ Headline News - Piotr Pacyna

गत चैत्त १६ गते होलीको दिन जनकपुर एयरपोर्टमा ड्युटिमा रहेका प्रहरी हबल्दा विजयचन्द्र झाले रक्सी पसलमा गएर बीयर खाँदै गरेको भिडियो टिकटकमा आएपछि न्यूज ब्यूरोले समाचार सम्प्रेषण गरेको थियो । 

गत चैत्त २२ गते आईतबार न्यूज ब्यूरोमा जनकपुरः ड्यूटीको समयमा बर्दिमै प्रहरीको बियर पार्टी, भिडियो भाइरल ! शिर्षकको समाचार आएपछि जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले उनलाई अनुसन्धान गरी ६ महिनाको लागि निलम्बन गरिएको बताए । 

प्रहरी हबल्दार झाले प्रहरीको आचरण विपरित काम गरेको, पोशाकमै मादक पदार्थ सेवन गरेको, कमाण्डरलाई जानकारी नदिइकनै बाहिर निस्केको भन्दै उनलाई अनुशासन अन्तर्गत कारवाही गरिएको हो । 

“उहाँलाई ६ महिनाको लागि निलम्बन गरेका छौं । यो अवधीमा उहाँमाथि जाँच पडताल हुनेछ । उहाँले अनुशासन विपरित कार्य गरेको भिडियोमा देखिएको छ । सोही कारणले उहाँलाई तत्काल निलम्बन गरिएको छ ।”– एसपी रानाभाटले न्यूज ब्यूरोसँग भने । 

टिकटकमा देखिएको भिडियोमा प्रहरी हबल्दार झाले प्रहरीको पोशाक लगाएरै बीयर खाँदै गरेको देखिएको छ । यो आम नागरिकको लागि साधारण कुरा भएपनि प्रहरी सँगठनको ऐन नियम विपरित, आचरण विपरित भएको भन्दै कारवाही गरिएको हो । 

प्रहरीको पोशाक लगाएर मादक पदार्थ सेवन तथा अनुशासनहिनता जस्ता कार्यहरु गरेको खण्डमा कारवाही हुने गरेको छ । 

  • 0%
  • 17%
  • 0%
  • 0%
  • 0%
  • 17%

फुल लिएर तिम्रो लागि आउनेछु आमा !

  • २०७७ चैत २७ शुक्रबार

हर्ष खुसीको उमङगले नयाँ पाइला टेकोस् । अधुरो सपना नेपालीको मार्ग पाऊन् सफलताले ! चढ्दै शिखर, सागरमाथाको चन्द्र, सूर्यको सम्मान झल्कोस् । नयाँ वर्षमा नेपालीको गरिमा भल्कोस् अँकाश जस्तै व्यापक

पूरा पढ्नुहोस्

Bureau Menus