न्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो
मदरसा रहेको त्यहाँका व्यवस्थापन समुहले बिना अनुमति सार्वजनिक रुपमै बोर्ड लगाएर ठाउँको नामाकरण समेत गरिदिएकोमा गत जेठ १० गतेमा न्यूज ब्यूरोमा जनकपुरमा बसाईदैछ ुजमजम नगर र जामिया रोडु, प्रशासनको जानीबुझी अनभिज्ञता भन्ने शिर्षकको समाचार प्रकाशित भएपछि बोर्ड हटाइएको छ ।

२०८२ असोज १० शुक्रबार, बिहान ९:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा लगाइएको “जमजम नगर र जामिया रोड” लेखिएको बोर्ड हटाइएको छ ।
जनकपुरधामको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र हुलाकी सडकदेखि उत्तर तल खेतमा रहेको मदरसाको लागि हुलाकी सडकमा लगाइएको जमजम नगरको बोर्ड न्यूज ब्यूरोमा समाचार प्रकाशितपछि हटाइएको हो ।
मदरसा रहेको त्यहाँका व्यवस्थापन समुहले बिना अनुमति सार्वजनिक रुपमै बोर्ड लगाएर ठाउँको नामाकरण समेत गरिदिएकोमा गत जेठ १० गतेमा न्यूज ब्यूरोमा 'जनकपुरमा बसाईदैछ 'जमजम नगर र जामिया रोड', प्रशासनको जानीबुझी अनभिज्ञता !' भन्ने शिर्षकको समाचार प्रकाशित भएपछि बोर्ड हटाइएको छ ।
महुवा पेट्रोल पम्पभन्दा करिब १०० मिटर पूर्व बसाउन लागिएको जमजम नगरको लागि घरहरु समेत तयारी भईरहेको पाईएको र मदरसामा भिन्न प्रकारको ड्रेस कोडमा पढाइ भइरहेको भन्दै स्थानीयहरुले गुनासो गरेका थिए । उनीहरु बाहिर देशको रहेको भनेर गुनासो गरेका थिए । यद्यपी, मदरसा पक्षले भने मुस्लिम समुदायका बालबालिकाहरु पढने सो मदरसामा स्थानीयहरु मात्र रहेको बताएका थिए ।
“जमातुल मदिना फैजान ए आला हजरत जनकपुर” लेखिएको बोर्डमा ठेगाना भने “जमजम नगर” राखिएको थियो । सो हुलाकीसँग जोडिएको सो बाटोको नाम “जामिया सडक” राखिएको थियो । समाचार प्रकाशित भएपछि केही दिनमै सो बोर्ड हटाइएको थियो ।
दुई समुदायबीचको सदभाव कायम राख्नको लागि बोर्ड हटाइएको सरताज मलिकले जानकारी दिए । उनका अनुसार, कानुनी प्रक्रिया नमिलेको कारण मात्र बोर्ड हटाएको बताए ।
मलिकाका अनुसार आफुखुसी ठाउँको नामाकरण गर्न नमिल्ने भनेपछि जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत पत्र बुझाएर सहमतिमा बोर्ड हटाएको बताए । उनले धार्मिक सहिष्णुता कायम राख्नको लागि कुनै समुदायलाई अपठयारो नहोस भन्ने उदेश्यपछि बोर्ड हटाइदिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…