जनकपुरः ड्यूटीको समयमा बर्दिमै प्रहरीको बियर पार्टी, भिडियो भाइरल !
एसपी रानाभाटले पुष्टि भएको खण्डमा उनको बढुवा रोक्का, तलब कटौती, ग्रेड रोक्का, नसिहत देखि लिएर कसुरको गम्भिरता अनुसार कारवाही हुने बताए ।

२०७७ चैत २२ आइतबार, बेलुकी ६:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम स्थित एक प्रहरीले दिनमै ड्युटीकै बेला बर्दि लगाएरै बियर (मादक पदार्थ सेवन) खाँदै गरेको भिडियो भाइरल बनेको छ ।
सो भिडियो ११ सेकेन्डको रहेको छ र समाजिक सँजाल टिकटक प्लेटफार्ममा अपलोड गरिएको छ । टिकटकमा अपलोड गरिएको सो भिडियोमा रहेको प्रहरी जानकी चौकीको रहेको बुझिएको छ ।
जानकी मन्दिरको विवाहमण्डपस्थित रहेको जानकी प्रहरी चौकीका एक प्रहरी रहेको बताइएको छ । भिडियो दिउँसै सुट गरिएको बताइएको छ । प्रहरी कुन चौकीको रहेको छ भन्ने बारे यकिन भएको छैनन् ।
टिकटक आईडीमा अपलोड गरिएको सो भिडियोलाई करिब १९ हजार जनाले हेरेका छन् भने करिब ५० वटा प्रतिक्रियामा प्रहरीलाई कारवाहीको माग गरिएको छ ।
आफ्नो नीजि जीवन भएपनि ड्युटिको बेला त्यो पनि युनिफर्म (प्रहरीको पोशाक) लगाएर मादक पदार्थ सेवन गर्नु आचरण विरुद्ध रहेको भन्दै कारवाहीको माग गरिएको छ ।
भिडियो हेर्नुहोस
यता, जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले न्यूज ब्यूरोसँग कुराकानी गर्दै भिडियोको बारेमा डिएसपी मकेन्द्र मिश्रलाई छानबिनको लागि निर्देशन दिएको बताए ।
भिडियो प्राप्त भएपछि एसपी रानाभाटले प्रहरी जवान जानकी प्रहरी चौकीकै रहेको भनेर यकिन भइनसकेको बताउँदै अनुसन्धान गरेर बताउने बताए ।
एसपी रानाभाटले पुष्टि भएको खण्डमा उनको बढुवा रोक्का, तलब कटौती, ग्रेड रोक्का, नसिहत देखि लिएर कसुरको गम्भिरता अनुसार कारवाही हुने बताए ।
यद्यपी, टिकटकमा अपलोड गर्ने व्यक्तिले उनलाई पनि एक जनाले पठाएको बताउँदै जानकी प्रहरी चौकीको प्रहरी रहेको प्रतिक्रिया दिएका छन् ।
यसबारे जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान थालेको छ । भिडियो ३ दिनअघि टिकटकमा अपलोड गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…