प्रदेश २ को सिरहामा असिनापानी सहितको बर्षा
हावाहुरी र असिनाको कारण के कति क्षति भएको वा कुनै घटना दुर्घटना भएको खवर आएको छैनन् । साँझ करिब ७ बजेदेखि असिनापानी सुरु भएको थियो भने अहिले समान्य छ ।

२०७७ चैत २६ बिहीबार, बेलुकी ७:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित अहिले असिना पानी Asina Pani सहित बर्षा भइरहेको छ ।
दिउँसैदेखि बढेको गर्मी पश्चात साँझ हावाहुरी सहित असिना पानी र बर्षा भइरहेको छ । विहिबार (आज) साँझ आएको असिनापानीका कारण किसानहरु मारमा परेका छन् ।
हावाहुरी सहित आएको असिनापनीका कारण आँपको मज्जर (फूल र टिकुला) सहित गहुँ बालीलाई क्षति पुरयाएको छ । जोडले करिब आधी घण्टा सम्म आएको सो असिनापानीले किसानलाई बढी क्षति पुरयाएको हो ।
हावाहुरी र असिनाको कारण के कति क्षति भएको वा कुनै घटना दुर्घटना भएको खवर आएको छैनन् । साँझ करिब ७ बजेदेखि असिनापानी Asina Pani सुरु भएको थियो भने अहिले समान्य छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…