धनुषाको धनौजीमा ५० लाखको घाट निर्माण
आईतबार जानकी प्रसाद ठाकुरको अध्यक्षता तथा साँसद महतोको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच निर्माण भएको पोखरीको घाटको विधिवत रुपमा उदघाटन गरिएको हो ।

२०७७ चैत २३ सोमबार, बिहान ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर १ लखौरीस्थित हनुमान सागरमा ५० लाखको लागतमा घाट निर्माण भएको छ ।
धनौजी गाउँपालिकाका अध्यक्षका प्रत्यासी जीवेन्द्र झाको विशेष रेखदेखमा हनुमानसागरको घाट निर्माण कार्य सम्पन्न भएको हो ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनीधि सभा सदस्य राजेन्द्र महतोको सँसदीय विकास कोषबाट सो पोखरीको घाट निर्माण गरिएको हो ।
आईतबार जानकी प्रसाद ठाकुरको अध्यक्षता तथा साँसद महतोको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच निर्माण भएको पोखरीको घाटको विधिवत रुपमा उदघाटन गरिएको हो ।

सो घाट निर्माण भएपछि स्थानीयहरुको लागि सबै तवरबाट सहज भएको दाबी गरिएको छ । छठ पर्व सहित नुहाउनेदेखि लिएर अन्य धार्मिक प्रयोजनको लागि घाट निर्माणले सहज भएपछि स्थानीयहरु खुसी व्यक्त गरेका छन् ।
प्रदेश नम्बर २ का प्रदेश साँसद परमेश्वर साह, केन्द्रीय सदस्य श्याम मिश्र, विभा पाण्डे, ममता चौधरी, साँसद सुरिता साह लगायतको विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…