विद्यालयलाई धनुषामै नमुना बनाउँछु : अध्यक्ष यादव
कार्यक्रममा स्थानीय अभिभावक, अधिकारकर्मी, सँचारकर्मी, जनप्रतिनीधि, बुद्धिजीवी, समाजसेवी, महिलावर्गहरुको उपस्थिति रहेको थियो ।

२०७७ चैत ११ बुधबार, बेलुकी ७:२९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौयसविघास्थित रहेको बजरँग आधारभूत विद्यालय व्यवस्थापन समितिका नव नियुक्त अध्यक्ष श्रीकृष्ण यादवले विद्यालयलाई नमुना बनाउने प्रतिवद्धता जाहेर गरेका छन् ।
वडा नम्बर ५ नौसयविघास्थित रहेको श्री बजरँग आधारभूत विद्यालयको बुधबार भएको व्यवस्थापन समिति गठनको क्रममा अध्यक्षमा चयन भएपछि उनले विद्यालयलाई जिल्लामै नमुना विद्यालयको रुपमा पहिचान दिने प्रतिवद्धता जनाएका छन् ।
वडा नम्बर ५ का वडाध्यक्ष ईन्द्र कुमार महतोको अध्यक्षतामा सम्पन्न भएको अभिभावक भेलाबाट यादवलाई सर्व सहमतिले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो । अध्यक्ष यादव सो गाउँमा इमान्दारिता छवीका व्यक्तित्व मानिन्छन् ।
गठन भएको ९ सदस्यीय समितिमा सर्व सहमतिबाट अध्यक्ष यादव सहित सदस्यहरुमा दुलेखा खातुन, सीता देवी मण्डल, गया बति देवी यादवलाई चयन गरिएको हो । वडाध्यक्षले थप एक जनालाई राख्न सकिने तथा विद्यालयका प्रधानाध्यापक सहित ९ सदस्यीय समिति गठन गरिएको हो ।
यस्तै, मनोनित तर्फ वडाध्यक्ष ईन्द्र कुमार महतोलाई चयन गरिएको छ भने विद्यालयको सँस्थापक र समाजसेवीको तर्फबाट सत्यजीवन यादवलाई चयन गरिएको छ । यस्तै रेबिया देवी यादवलाई समेत मनोनित तर्फ चयन गरिएको हो ।
नयाँ स्थापना गरिएको सो समुदायिक विद्यालय सँचालनपछि सो आसपासका बालबालिकाहरुको भविष्य तय हुनेछ । समुदायिक विद्यालयहरुको शैक्षिक स्तर खस्किदै गएको अवस्थामा अध्यक्ष यादवले विद्यालयलाई नमुना बनाउने प्रण लिएका हुन् ।
बैठकमा अध्यक्षता गर्दै वडाध्यक्ष महतोले भने अध्यक्षमा चयन गरिएका यादवको समाजिक छवी, लगनशिलता, दुरदर्शीताको बारेमा प्रकाश पारेका थिए । उनले अध्यक्ष यादवको कार्यकौशलता र भावी रणनीतिमाथि सबैले विश्वास गर्न आग्रह गरे ।
नगरपालिकाको सहयोगमा नौयसविघास्थित बजरँग आधारभूत विद्यालय निर्माण गरिएको हो । सो गाउँसहित अन्य टोलका बालबालिकाहरुको विद्यालयसम्म सहज पहुँच हुने दाबी गरिएको छ ।
कार्यक्रममा स्थानीय अभिभावक, अधिकारकर्मी, सँचारकर्मी, जनप्रतिनीधि, बुद्धिजीवी, समाजसेवी, महिलावर्गहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा बिधालयका प्रधानध्यापक लक्षमी साह,शिक्षा शाखाका प्रतिनिधि दिलिप मुखिया, वडा सदस्य सुशील यादव समाजसेवी बिशेश्वर मण्डल ,सोनेलाल यादव ,बजरंग युवा क्ल्बका अध्यक्ष रामपुकार यादवको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…