वडाध्यक्ष सिँहको पहलले हँसपुरमा १५ करोडको लागतमा पूल बन्दै
वडाभित्र रहेको सार्वजनिक जग्गालाई छुटयाउनेदेखि लिएर सडक विकासमा समेत वडाध्यक्ष सिँह अगाडी देखिएका छन् ।

२०७७ चैत ११ बुधबार, दिउँसो ३:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष उदय सिँहको पहलमा १५ करोड ३५ लाखको लागतमा पूल निर्माण भइरहेको छ ।
दुई वडा सहित मुख्य सडकमै भएको कठपुल्लास्थितको पूल निर्माण गर्न वडाध्यक्ष सिँहले पहल गरेका थिए । त्यहाँस्थित रहेको अहरी नदीमा सो पूल निर्माण गर्न लागिएको हो ।
प्रदेश सरकारको बजेटबाट निर्माण हुन थालेको सो पूल बनेपछि हँसपुर नगरपालिकावासीलाई प्रत्यक्ष फाईदा पुग्ने छ । बाढी र बर्षातको मौसममा पूलको अभावमा स्थानीयहरुलाई सास्ती भएपछि वडाध्यक्ष सिँहले प्रदेश सरकारसँग पहल गरेका थिए ।
असार मसान्तसम्म पूल निर्माण भईसक्ने वडाध्यक्ष सिँहले जानकारी दिए । पूल निर्माण गराउन थालेपछि वडाध्यक्ष सिँहलाई स्थानीयहरुले प्रशँसा गरेका छन् । कैयौं वर्षदेखि स्थान हेरेर जाने जनप्रतिनीधि, नेताहरुले पूल बनाउन सकेका थिएनन् ।
यसअघि पनि निरन्तर वडाध्यक्ष सिँहले समाजिक कार्यमा सक्रियता जनाउँदै आएका छन् । जीर्ण अवस्थाझै देखिएको हँसपुरको स्वास्थ्यचौकीलाई सौन्दर्यीकरण गर्नको लागि उनले अभियान नै चलाएका थिए । अहिले स्वास्थ्यचौकी पूर्ण रुपमा सौन्दर्यीकरण र सफाई गरिएको छ ।
वडाभित्र रहेको सार्वजनिक जग्गालाई छुटयाउनेदेखि लिएर सडक विकासमा समेत वडाध्यक्ष सिँह अगाडी देखिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…