धनुषा प्रहरीको बलियो कदम, छात्रा जिस्क्याउने एक पक्राउ
न्यूज ब्यूरो || जनकपुरधाम, ११ फागुन । जनकपुरमा लुकीलुकी कलेजका छात्रालाई जिस्क्याउने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । एकाविहानै कलेज लाग्ने भएकोले अँध्यारोमै कलेज जान निस्कने जनकपुरका छात्राहरुलाई सडकमा जिस्क्याउने तथा दुव्र्यव्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । कलेज जाने छात

२०७४ फागुन ११ शुक्रबार, दिउँसो ३:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ११ फागुन । जनकपुरमा लुकीलुकी कलेजका छात्रालाई जिस्क्याउने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
एकाविहानै कलेज लाग्ने भएकोले अँध्यारोमै कलेज जान निस्कने जनकपुरका छात्राहरुलाई सडकमा जिस्क्याउने तथा दुव्र्यव्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
कलेज जाने छात्राहरुलाई बिहान अधयारोको मौका पारि बिभिन्न बहानामा बाटोहरुमा बसि अश्लिल शब्दहरु प्रयोग गर्ने तथा छात्राहरुलाई दुर्व्यहार गर्ने भन्ने सुचनाको आधारमा प्रहरीले महोत्तरी जिल्लाको गोनरपुरा गाउँपालिका वडा नं. १ बस्ने बर्ष ३० का सँतोष यादवलाई पक्राउ गरेको जनाइएको छ ।
क्राईम ब्रान्च धनुषाका प्रमुख किस्मत भण्डारीको नेतृत्वमा सुचनाको आधारमा खटि गएको प्रहरी टोलीले जनकपुर उपमहानगरपालिका वडा नं. ९ स्थित संकटमोचन मन्दिरको उत्तर तर्फको सडकबाट यादवलाई पक्राउ गरी सार्वजनिक मुद्दा समेत चलाइएको हो ।
सार्वजनिक अपराध अन्तर्गत मुद्धामा जिल्ला प्रसाशन कार्यालय धनुषाबाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको क्राईम ब्रान्च प्रमुख भण्डारीले न्यूज ब्यूरोसँग भने ।
अँध्यारोको मौका छोपी जनकपुरको अन्य चोकहरु जस्तै कदमचोक, भानुचोक, विद्यानगर, कपिलेश्वर रोड, गिरिजा रोड, क्याम्पसचोक, मुरलीचोक लगायतका ठाउँहरुमा समेत अश्लिल हर्कत केही युवाहरुले गर्दै आएको छ ।
जनकपुरको कदमचोकमा एका विहानै खुल्ने चिया पसलहरुमा बसेर युवाहरु कलेज तथा विद्यालय जाने गरेकी छात्राहरुलाई अश्लिल शब्द सहित बाटोमा घेराबन्दी समेत गरेको देखिएको छ ।
यस्तो अवस्थामा धनुषा प्रहरीले चालेको कदमबाट स्थानीय अभिभावकहरुमा आसा पलाएको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…