
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
काठमाडौँ, २१ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइरहेका ४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले देशभर शान्तिपूर्णरुपमा मतदान भइरहेको र हालसम्म कुनै पनि सुरक्षा चुनौती नदेखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले मजबुतरु

२०७४ मंसिर २१ बिहीबार, बिहान ११:०८ बजे२ मिनेट पढाइ
काठमाडौँ, २१ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइरहेका ४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले देशभर शान्तिपूर्णरुपमा मतदान भइरहेको र हालसम्म कुनै पनि सुरक्षा चुनौती नदेखिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “प्रहरीले मजबुतरुपमा शान्ति सुरक्षा मिलाएको छ । मतदानका लागि मतदाता ढुक्क भएर लाइनमा बस्नुभएको छ । कहीँकतै समस्या आए तत्काल प्रहरी पुग्छ । कुनै समस्या छैन ।”
कहीँकतै समस्या परे तत्काल शान्ति सुरक्षाको प्रबन्ध मिलाउने गरी हेलिकप्टर तम्तयार हालतमा राखिएको छ । निर्वाचन हुन लागेका जिल्लालाई हेर्ने गरी नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरसमेत तम्तयार राखिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।
निर्वाचनका लागि दुई लाख सुरक्षाकर्मी परिचालित छन् । कहीँकतै समस्या आए र देखिए तत्काल सुरक्षा निकायमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । प्रहरीले शान्ति सुरक्षामा समस्या आए पाँच मिनेटमा नै सम्बन्धित क्षेत्रमा पुग्ने गरी विभिन्न स्थानमा सुरक्षाकर्मी व्यवस्थित तवरले परिचालन गरिएको जनाएको छ ।
शान्ति सुरक्षामा कुनै सम्झौता नगरिएको जानकारी दिँदै प्रहरी प्रवक्ता न्यौपानेले कुनै शंकास्पद वस्तु देखिए वा अवाञ्छित गतिविधिको सूचना प्राप्त भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो ।
मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका छन् । प्रहरीले बम भनी हल्ला गरिएका शंकास्पद वस्तु अधिकांश बम नभएको जनाएको छ ।
काठमाडौँको नैकापमा आज बिहान फेला परेको शंकास्पद वस्तु पनि पटका मात्रै रहेको उहाँले जानकारी दिनुभयो ।
निर्वाचनमा सुरक्षा निकायको हवाई र पैदल गस्ती हुने गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो । यस्तै, निर्वाचन हुने जिल्लामा सुरक्षा सहयोगका लागि हेलिकप्टरसहित सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको गृह मन्त्रालयले जनाएको छ ।
कुनै घटना भइहाले १० देखि ३० मिनेटभित्र जुनसुकै स्थानमा सुरक्षाकर्मी पुग्न सक्ने गरी आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लामा एक करोड २२ लाख ३५ हजार ५७८ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
एजेन्सी
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
आइतबार · चतुर्दशी

आइतबार · चतुर्दशी
दिपावली | लक्ष्मी पूजा, दियावाती, कुकुर तिहार, नरक चतुर्दशी
कुकुर तिहार, जसलाई नरक चतुर्दशी पनि भनिन्छ, नेपालमा मनाउने एक विशेष पर्व हो। यो दिन कुकुरलाई पूजा गरिन्छ र तिनीहरूको साथको महत्त्वलाई सम्मान गरिन्छ। कुकुरलाई मालिस र प्रिय खानेकुरा दिएर उनीहरूको सेवाको सराहना गरिन्छ। यो पर्व नरक चतुर्दशीसँग सम्बन्धित रहेकोले, दिनभर विशेष धार्मिक क्रियाकलापहरू पनि गरिन्छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ कार्तिक २२ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आर्थिक कारोबारमा स्पष्टता राख्दा फाइदा हुनेछ। विद्यार्थीले लेखन र प्रस्तुतिमा राम्रो प्रदर्शन गर्नेछन्। रिसमा बोलेका शब्दले नजिकको सम्बन्ध बिगार्न नदिनुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ३ रहेको छ।
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…