जेलमा असुरक्षा हुँदा मलाई निकाल्यो, आफैँ जेल जान लाग्दा पक्राउ गरिएको भ्रम फैलाइयोः सँजय साह
पूर्व गृहमन्त्री रवि लामिछानेसहित हाई प्रोफाइल कैदीलाई आन्दोलनको दिन निकालिएको थियो । सोही क्रममा साह समेत निस्केर जनकपुर पुगेका थिए । आफ्ना शुभचिन्तकहरुसँग भेटेर उनी पुनः काठमान्डौँ फर्किरहेको बेला काठमान्डौँभन्दा केही दुरीमा रहेको काभ्रेबाट प्रहरी नियन्त्रणमा लिएको जनाइएको छ ।

२०८२ भदौ २७ शुक्रबार, बेलुकी ७:३० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जेन जेडहरुको आन्दोलन उग्र भएपछि जेलमा असुरक्षा बढेको भन्दै निकालिएका सँजय साह टकलालाई जबरदस्ती पक्राउ गरिएको आरोप लगाएका छन् ।
दुई दिनको लागि जनकपुर भेटघाटमा आएका साह आफू सरेन्डर हुन जाँदा काभ्रेमा नियन्त्रणमा लिएर भाग्दै गर्दा पक्राउ गरेको झुठो अफवाह फैलाएको आरोप लगाएका छन् ।
जेल जानुभन्दा अगाडी उनले आफ्ना शुभचिन्तकसँगको कुराकानीमा उनले सो कुरा प्रष्टयाएको बताइएको छ । उनले भने–“म सञ्जय साह, १२ वर्षदेखि जेल जीवन बिताइरहेको छु। जनकपुर बमकाण्डमा ११ वर्षको सजाय भुक्तान गरिसकेँ र अब ३–४ महिना मात्र बाँकी छ, तर अर्को मुद्दा १२ वर्षदेखि विचाराधीन भएकाले फैसला भएपछि म स्वतन्त्र हुने स्थिति छ। कानूनअनुसार जन्मकैद भए पनि १० वर्षभन्दा बढी जेल बस्न नपर्ने हुँदा म पहिले नै सजाय पूरा गरिसकेको हुँ। मैले बारम्बार आफ्नो निर्दोषता प्रमाणित गर्न पोलीग्राफ र नार्को टेस्टको माग गरेँ, तर कहिल्यै सुनुवाइ भएन। केही दिनअघि जेन जेड आन्दोलनका कारण कारागार असुरक्षित भएपछि प्रशासनकै निर्देशनमा म जनकपुर गएँ, त्यहाँ एक दिन बसेँ र अर्को दिन अवस्था सामान्य भएपछि काठमाडौं फर्किन निस्किएँ। म जनकपुर पुगेको कुरा धनुषा जिल्ला प्रहरीलाई जानकारी गराएको थिएँ, जेलरलाई सम्पर्क गर्न खोजेँ तर उहाँको मोबाइल बन्द थियो। काठमाडौं पुग्न केही दूरी मात्र बाँकी रहँदा प्रहरीले नखु कारागार पुर्याउने बहानामा मलाई रोकेर धुलिखेल प्रहरी परिसरमा राख्यो र झुटो प्रचार गर्यो—“सञ्जय साह फरार अभियुक्त हुन्।” म कानून मान्ने, अन्यायविरुद्ध लड्ने मान्छे हुँ, भाग्ने होइनस भाग्ने भए भारततिर लाग्थेँ, काठमाडौं फर्किँदिनथेँ। त्यसैले जबसम्म मलाई नखु कारागारमा पुर्याइँदैन, मेरो आमरण अनशन जारी रहनेछ।”
पूर्व गृहमन्त्री रवि लामिछानेसहित हाई प्रोफाइल कैदीलाई आन्दोलनको दिन निकालिएको थियो । सोही क्रममा साह समेत निस्केर जनकपुर पुगेका थिए । आफ्ना शुभचिन्तकहरुसँग भेटेर उनी पुनः काठमान्डौँ फर्किरहेको बेला काठमान्डौँभन्दा केही दुरीमा रहेको काभ्रेबाट प्रहरी नियन्त्रणमा लिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…