मधेशमा नयाँ सरकार गठन अन्योलमा, मुख्यमन्त्रीका लागि दुई सरोज यादवको दाउ
जसपा, एमाले र नेकपाको गठबन्धन बने ६६ सांसद पुग्नेछन् भने जसपा, कांग्रेस र जनमतको गठबन्धन बने ६२ सांसदको समर्थन हुनेछ ।

२०८३ मंसिर ४ शुक्रबार, बिहान ११:१२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच सहमति जुट्न सकेको छैन । संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा शुक्रबार अपराह्न ४ बजे सकिँदैछ ।
जसपा नेपाल, एमाले, नेपाली कांग्रेस र नेकपाबीच सत्ता समीकरणबारे छलफल भए पनि मुख्यमन्त्री कसलाई बनाउने भन्नेमा सहमति हुन सकेको छैन । एमाले र नेकपाले जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउन चाहेका छन् भने कांग्रेसले एमालेका सरोजकुमार यादवको नेतृत्वमा सरकार गठनको विकल्प अघि सारेको छ ।
जसपा नेपालले संविधानको धारा १६८ को उपधारा (३) अनुसार सरकार गठनको विकल्पसमेत खोजिरहेको छ । तर एमाले उपधारा (२) अनुसार नै सरकार गठन हुनुपर्ने अडानमा छ ।
यसैबीच जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, संरक्षक महन्थ ठाकुर र सहअध्यक्ष शरतसिंह भण्डारी शुक्रबार बिहान जनकपुरधाममा छलफल गर्ने तयारीमा छन् ।
१०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक छ । जसपा, एमाले र नेकपाको गठबन्धन बने ६६ सांसद पुग्नेछन् भने जसपा, कांग्रेस र जनमतको गठबन्धन बने ६२ सांसदको समर्थन हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…