राजदेवीमा खोइच भराई, आज साँझदेखि बोकाबली हुने
यस्तै, आज महाकालरात्री (अष्टमींं) तिथि परेपछि राजदेवीमा बोकाबली पनि आजैदेखि हुने भएको छ । बेलुकी ८ बजेदेखि बोकाबली सुरु हुने आयोजक महावीर युवा कमिटिका अध्यक्ष मिन्टु साहले जानकारी दिए ।

२०८२ असोज १४ मंगलबार, बिहान ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा खोईच भराई बिहानैदेखि सुरु भएको छ ।
महिलाहरुले गरेको भाकल अनुसार, राजदेवीमा खोईच भराई कार्यक्रम विहानैदेखि सुरु भएको हो । महिलाहरुले विभिन्न श्रृँगारका वस्तुहरु लिएर आस्था अनुसार भाकल पुरा भएपछि खोइच भर्ने परम्परा छ ।
यस्तै, आज महाकालरात्री (अष्टमींं) तिथि परेपछि राजदेवीमा बोकाबली पनि आजैदेखि हुने भएको छ । बेलुकी ८ बजेदेखि बोकाबली सुरु हुने आयोजक महावीर युवा कमिटिका अध्यक्ष मिन्टु साहले जानकारी दिए ।
बोकाबलीको लागि ४ वटा ठेहा व्यवस्थापन गरिएको आयोजकले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…