छठ मनाउन जनकपुरधामको गंगासागर आउँदै रास्वपा सभापति रवि लामिछाने
उनको यो घोषणासँगै छठ पर्वका अवसरमा जनकपुरधामको गंगासागरमा रास्वपा सभापतिको सहभागिता रहने भएको छ ।

२०८३ कार्तिक २३ सोमबार, बिहान ९:२५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्ष छठ पर्व मनाउन जनकपुरधाम आउने भएका छन् । उनी छठ पर्वका अवसरमा जनकपुरधामस्थित ऐतिहासिक गंगासागरमा पुग्ने भएका हुन् ।
लामिछानेले तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना दिँदै राष्ट्रिय एकताको सन्देशसहित यस वर्षको छठ पर्व जनकपुरधामको गंगासागरमा मनाउने जानकारी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत दिएको शुभकामना सन्देशमा तिहार र छठले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशा ल्याउने विश्वास व्यक्त गरेका छन् ।
साथै यी पर्वले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव, एकता तथा आपसी विश्वासलाई थप सुदृढ बनाउँदै विविधताबीचको राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गरेका छन् ।
‘राष्ट्रिय एकताको सन्देशसहित यस वर्षको छठ पर्व मनाउन हामी जनकपुरधामको गंगासागरमा उपस्थित हुनेछौँ,’ लामिछानेले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।
उनको यो घोषणासँगै छठ पर्वका अवसरमा जनकपुरधामको गंगासागरमा रास्वपा सभापतिको सहभागिता रहने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।




















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…