साइबर ठगी नियन्त्रण गर्न नेपालमा ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालन, २४ घण्टा सम्पर्क गर्न सकिने
साइबर ठगी, अनलाइन आर्थिक अपराध तथा डिजिटल माध्यमबाट हुने ठगीका घटनामा तत्काल जानकारी र प्रतिकार्यका लागि केन्द्र सञ्चालनमा ल्याइएको हो ।

२०८३ कार्तिक २० शुक्रबार, बेलुकी ६:३४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा बढ्दो साइबर ठगी तथा अनलाइन अपराध नियन्त्रण गर्ने उद्देश्यले ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC)’ आजदेखि सञ्चालनमा आएको छ ।
अब साइबर ठगीमा परेका व्यक्ति वा शंकास्पद साइबर गतिविधिबारे जानकारी गराउन चाहनेले २४ सै घण्टा १२४७ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।
साइबर ठगी, अनलाइन आर्थिक अपराध तथा डिजिटल माध्यमबाट हुने ठगीका घटनामा तत्काल जानकारी र प्रतिकार्यका लागि केन्द्र सञ्चालनमा ल्याइएको हो ।
पछिल्लो समय सामाजिक सञ्जाल, नक्कली लिंक, अनलाइन कारोबार तथा विभिन्न प्रलोभनमार्फत हुने साइबर ठगीका घटना बढिरहेका बेला केन्द्रको सञ्चालनले पीडितलाई समयमै उजुरी तथा सहयोग प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।
यसले डिजिटल कारोबारलाई सुरक्षित बनाउन तथा साइबर अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।




















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…