धनौजी प्रिमियर लिग कार्तिक २१ देखि, विजेतालाई ३५ हजार पुरस्कार
प्रतियोगिताका सबै खेल १६ ओभरको हुनेछन् भने अम्पायरको निर्णय नै अन्तिम मानिने आयोजकले जनाएको छ।

२०८३ कार्तिक १५ आइतबार, बिहान १०:४९ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, जनकपुरधाम । धनुषाको धनौजीमा वडा स्तरीय क्रिकेट प्रतियोगिता ‘धनौजी प्रिमियर लिग (डीपीएल)–२०८३’ आयोजना हुने भएको छ। श्री लगान युवा क्रिकेट टिम, धनौजीको आयोजनामा प्रतियोगिता आगामी कार्तिक २१ गतेदेखि सञ्चालन हुने भएको हो।
धनौजी स्कुलको खेल मैदानमा हुने प्रतियोगितामा बढीमा १६ वटा टिमले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले ३ हजार ५०० रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ।
प्रतियोगितामा सम्बन्धित वडाका खेलाडीले मात्र आफ्नो टिमबाट खेल्न पाउने व्यवस्था गरिएको छ। यद्यपि, आफ्नै पालिकाभित्रका अन्य वडाका बढीमा दुई जना खेलाडीलाई टिममा समावेश गर्न सकिनेछ। त्यस्ता खेलाडीले नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ।
प्रतियोगिताका सबै खेल १६ ओभरको हुनेछन् भने अम्पायरको निर्णय नै अन्तिम मानिने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टिमले ३५ हजार रुपैयाँसहित कप तथा मेडल प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टिमलाई १५ हजार ५०० रुपैयाँसहित कप तथा मेडल प्रदान गरिनेछ।
आयोजकले व्यक्तिगत प्रदर्शनका आधारमा पनि विशेष पुरस्कारको व्यवस्था गरेको छ। एकै खेलमा लगातार तीन छक्का प्रहार गर्ने खेलाडीलाई रेड बुल, लगातार तीन विकेट लिने खेलाडीलाई एक्स्ट्रिम रेड बुल र एकै खेलमा शतक (१०० रन) बनाउने खेलाडीलाई अस्ट्रेलियन रेड बुल प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले ९७१७१२३८३६, ९८२९९६८१७९ र ९८२००६१००३ नम्बरमा सम्पर्क गरी टिम दर्ता गराउन सक्ने आयोजकले जनाएको छ।
खेलकुदको विकास, युवाबीच एकता र स्थानीय प्रतिभाको पहिचान तथा सम्मान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…