मेयरलाई उपहारस्वरूप 'फोहोर गिफ्ट' प्याक गरी दिन पुगे अभियन्ता, भेट्न नपाएपछि फर्किए
अभियन्ताले फोहोरलाई उपहारका रूपमा प्रस्तुत गरेको घटनाले नगरको सरसफाइ समस्याप्रति जनप्रतिनिधिको जवाफदेहिताको विषयलाई पुनः चर्चामा ल्याएको छ ।

२०८३ कार्तिक २८ शनिबार, बिहान १०:१७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको फोहोर व्यवस्थापन समस्याप्रति ध्यानाकर्षण गराउन एक अभियन्ताले संकलित फोहोरलाई उपहारका रूपमा प्याक गरेर मेयरलाई दिन खोजेका छन् ।
स्थानीय अभियन्ता सञ्जय मण्डलले सहरका विभिन्न स्थानबाट संकलन गरेको फोहोरलाई प्रतीकात्मक उपहार बनाएर नगर प्रमुखलाई बुझाउन खोजेका हुन् । तर, सम्बन्धित जनप्रतिनिधि तथा अधिकारीसँग भेट हुन नसकेपछि उनी त्यसै फर्किएका छन् ।
मण्डलले यसअघि पनि जनकपुरधामका सार्वजनिक स्थल तथा धार्मिक क्षेत्रहरूमा थुप्रिएको फोहोरबारे सार्वजनिक रूपमा आवाज उठाउँदै आएका छन् ।
सहरको सरसफाइ अवस्था कमजोर रहेको भन्दै स्थानीय बासिन्दाले समेत पटक–पटक विरोध प्रदर्शन गर्दै आएका छन् । धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको जनकपुरधाममा फोहोर व्यवस्थापन प्रभावकारी हुन नसक्दा नगरपालिकाको कार्यशैलीमाथि प्रश्न उठ्दै आएको छ ।
अभियन्ताले फोहोरलाई उपहारका रूपमा प्रस्तुत गरेको घटनाले नगरको सरसफाइ समस्याप्रति जनप्रतिनिधिको जवाफदेहिताको विषयलाई पुनः चर्चामा ल्याएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…