जनकपुरमा टिपरले स्कुटीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु !
दुर्घटनापछि घटनास्थलमा स्थानीयको भीड लागेको थियो । दुर्घटनामा परेको स्कुटी र टिपर घटनास्थलमै रहेका छन् ।

२०८३ कार्तिक २६ बिहीबार, बेलुकी ५:५८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा टिपरको ठक्करबाट स्कुटीमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आज साँझ केही बेर अगाडी मात्र भएको दुर्घटनामा टिपरले स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनापछि घटनास्थलमा स्थानीयको भीड लागेको थियो । दुर्घटनामा परेको स्कुटी र टिपर घटनास्थलमै रहेका छन् ।
मृतकको पहिचान, दुर्घटनाको विस्तृत विवरण तथा घटनामा संलग्न टिपर चालकको अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।
घटनाबारे अनुसन्धान गर्न तथा मुचुल्काको लागि अहिले जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थल पुगेको हो । मृतकको सनाखत भएको छैन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…