दिपावलीमा जनकपुरबाट जुवा खेल्दै पक्राउ परेका ३० बढी जुवाडेहरुलाई आज अदालतमा पेश गरिँदै
पक्राउ परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी आज अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।

२०८३ कार्तिक २७ शुक्रबार, बिहान ११:१० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । दीपावलीको समयमा जनकपुरधामस्थित काली होटलसहित विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेकाहरुलाई आज अदालतमा पेश गर्ने तयारी गरिएको छ ।
धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका बंशीचोकस्थित काली होटल एण्ड रेष्टुरेन्टमा छापा मारेर पाँच जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जनकपुरको राजु होटलका सञ्चालक ३२ वर्षीय सुनिल कुमार साह, महोत्तरीको लोहारपट्टी नगरपालिका–२ का ४६ वर्षीय गुलाम मुस्तफा, मनराशिशवा नगरपालिका–७ का २७ वर्षीय कृष्ण महतो र सर्लाहीको पर्सा गाउँपालिका–१ का २२ वर्षीय प्रशान्त यादव लगायत रहेका थिए ।
तिहारमा धनुषाको अन्य विभिन्न स्थानबाट करिब ३७ जनालाई धनुषा प्रहरीले जुवातासमा पक्राउ गरेको थियो । सबै जनालाई आज अदालतमा पेश गर्न लागिएको धनुषाका प्रहरी उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी आज अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।
यसैबीच, दीपावली तथा छठ पर्वको समयमा धनुषा प्रहरीले जिल्लाका विभिन्न स्थानमा जुवातास नियन्त्रणका लागि निगरानी र कारबाही तीव्र बनाएको छ । प्रहरीले विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…