विरामीको खाना लिएर गएका कुरुवा जनकपुर प्रादेशिक अस्पतालभित्रै मृत भेटिए, अस्पताल तनावग्रस्त !
उनीहरुले हत्या गरेको आरोप लगाउँदै दोषी उम्काउन प्रहरीले जबदरस्ती गरेको आरोप छ ।

२०८३ कार्तिक २६ बिहीबार, दिउँसो ४:२२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पतालमा एक कुरुवा मृत भेटिएको घटना बाहिरएको छ ।
तीन दिन अगाडी प्रसुति वार्डमा भर्ना भएकी एक महिलाको खाना लिएर अस्पताल गएका धनुषा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. २ रमदैया बस्ने अन्दाजी ४० बर्षिय मैतु सदा मृत भेटिएपछि खैलाबैला मच्चिएको हो ।
प्रसुति वार्डमा खाना लिएर सदालाई कसैले बोलाएर लगेको आरोप परिवारजनको छ । बोलाएर लगेपछि आफूहरु निरन्तर खोज तलास गरेकोमा मैतु अस्पताल परिसरमै मृत भेटिएको जनाईएको छ ।
मृत भेटिएका मैतुको पहिचान खुलेपछि वडाध्यक्षसहित अस्पताल आउन भनिएको उनका आफन्तजनले जनाएको छ । आज प्रादेशिक अस्पताल जनकपुरको मुख्यद्धारमा प्रदर्शन गर्न थालेपछि घटना बाहिरिएको हो । मैतुको शव पोष्टमार्टम घरमा जबरदस्ती राखेको आरोप लगाउँदै आफन्तजनले प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरेको छ ।
मृत मैतुलाई उठाउनको लागि प्रहरीले सम्बन्धित व्यक्तिलाई बोलाएको थियो, तर परिवारजनले भने हत्याका आशंका गर्दै नउठाउन भनेको बताईएको छ । यद्यपी, प्रहरीले पनि मृतकको शवलाई पोष्टमार्टम घरमा राखेपछि आफन्तजन आक्रोसित भएको हो । उनीहरुले हत्या गरेको आरोप लगाउँदै दोषी उम्काउन प्रहरीले जबदरस्ती गरेको आरोप छ ।
मैतुलाई कुनै रोग विरामी भएको बारे उनको आफन्तजनले खुलाउन चाहेनन भने प्रहरीले यसबारे थप जानकारी पछि दिने जनाएको छ । घटनाको बारेमा थप विवरण आउन अझै बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…