छठको अवसरमा ५५ बालबालिकालाई छाता इनिसिएटिभको न्यानो कपडा वितरण
कार्यक्रममा सेभेन समिट ट्रेक्सका थानेश्वर गुरागाईंको सहयोग रहेको छ ।

२०८३ कार्तिक ३० सोमबार, दिउँसो ४:३३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । छठ पर्वको अवसरमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–६ स्थित नयाँ टोलका ५५ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
‘हम्मर छाताः खुशी बाँटि क छैठ मनाबी’ अभियानअन्तर्गत छाता इनिसिएटिभले विपन्न तथा दलित बस्तीका १५ वर्षमुनिका बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।
कार्यक्रममा सेभेन समिट ट्रेक्सका थानेश्वर गुरागाईंको सहयोग रहेको छ ।
चाडपर्वको अवसरमा बालबालिकाले पनि न्यानोपन, आत्मीयता र समान खुसीका साथ पर्व मनाउन सकून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको छाता इनिसिएटिभले जनाएको छ ।
चाडपर्वको वास्तविक खुसी आफू मात्र रमाउनुमा नभई अरूको मुहारमा पनि खुसी ल्याउनुमा रहेको सन्देशसहित अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…