अर्नब चक्रवातको प्रभाव हट्दै, आजदेखि देशभर मौसममा सुधार
वर्षा रोकिएर मौसममा सुधार आए पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा चिसो बढेको छ ।

२०८३ कार्तिक १५ आइतबार, बिहान ९:३९ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, जनकपुरधाम । ‘अर्नब’ चक्रवातको प्रभावका कारण बिहीवारदेखि देशका विभिन्न स्थानमा भइरहेको लगातार वर्षा रोकिएको छ । हिजो बेलुकीदेखि वर्षा क्रमशः कम हुँदै गएपछि आजदेखि देशभरको मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गएराति काठमाडौं उपत्यका आसपासका एक–दुई स्थानमा छिटपुट वर्षा भए पनि देशका अधिकांश स्थानबाट चक्रवातको प्रभाव हटिसकेको छ ।
यद्यपि, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यस्तै, तराईका क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने अनुमान गरिएको छ ।
वर्षा रोकिएर मौसममा सुधार आए पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा चिसो बढेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…