जनकपुरः घरमा धुँर (आगो) को धुँवा पसेपछि महिलामाथि निर्घात कुटपिट, टाउकोमा दर्जनबढी टाँका
रेखाका श्रीमान वैदेशिक रोजगारीमा बाहिर हुँदा उनलाई कुटपिट गरिएको बताईएको छ । रेखाको दुई छोरी र दुई छोरा रहेको छ ।

२०८३ मंसिर २ बुधबार, दिउँसो १:१९ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । घरमा धुँरको धुँवा पसेपछि मात्र निर्धात कुटपिट गरेको कुरा गर्दा पत्यार नलाग्न सक्छ, तर धनुषामा एउटा यस्तै घटना भएको हो ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १० रमदैया चोहर्बास्थित घरमा धुँरको धुँवा पसेको भन्दै एक महिलामाथि निर्घात कुटपिट भएको घटना बाहिरिएको हो ।
स्थानीय पुटिचन यादवकी ४० बर्षिय श्रीमति रेखा यादवलाई गत कार्तिक १९ गते घरको दरबाजामा गरेको घुँराबाट उठेको धुँवा जेठाजुको घरमा गएपछि निर्घात कुटपिट गरेको आरोप लगाईएको छ ।
रेखाकी जेठाजु (भैँसुर) स्थानीय रामदेव यादवले गत १९ गते साँझ रेखालाई निर्घात कुटपिट गरेको आरोप छ । साँझ गोठालोमा लामखुट्टे भगाउन धुँर (धुनी) बालेकी रेखालाई उनको जेठाजु रामदेव यादवले निर्घात कुटपिट गरेको बताईएको छ ।
कान्छा भाईसँग पुरानो रिसबी रहेका रामदेवले भाईकी श्रीमतिलाई मर्ने गरी कुटपिट गरेको आरोप छ । घरमा हावा अनुसार धुँवा गएकै निहुँमा कुटपिट गरिएको जनाईएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १० का वडाध्यक्ष राम पदारथ यादवले घटनाको बारेमा जानकारी भएको तथा धुँवाकै कारण घटना भएको बारेमा जानकारी नभएको बताए ।
यता, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले समेत सो घटनाको पुष्टि गरेको हो । यद्यपी, घटना धुँवाकै कारण भएको नभएको बारे अहिले जानकारी नभएको बताएको छ ।
घटना भएपछि रेखालाई प्रहरीले उपचारको लागि जनकपुर पठाएको थियो । रामदेवलाई तत्कालै पक्राउ गरी निवेदन दर्ता गरेको बताईएको छ । उपचारपछि छलफलको लागि बोलाएको प्रहरीले जनाएको छ ।
घरमा धुँवा पसेकै निहुँमा रेखामाथि कुटपिट गर्दा उनलाई ५ दिन न्यूरो हस्पिटलमा भर्ना बस्नु परेको जनाइएको छ । फ्लोअपमा जनकपुर आएकी रेखाले सो कुरा जानकारी गराएपछि घटना बाहिरिएको हो ।
पीडितले आरोप लगाएपनि यस सन्दर्भमा आरोपित भनिएका रामदेव यादवसँग भने सम्पर्क हुन सकेनन् ।
रेखाका श्रीमान वैदेशिक रोजगारीमा बाहिर हुँदा उनलाई कुटपिट गरिएको बताईएको छ । रेखाको दुई छोरी र दुई छोरा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…