धनुषामा पहिरोले घर पुरिँदा महिलाको मृत्यु, चार जना भागेर बचे
पहिरो खस्दा घरभित्र रहेका परिवारका अन्य चार जना सदस्य भने भागेर ज्यान जोगाउन सफल भएका छन् । पहिरोले घर पुरिएपछि स्थानीयवासीले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए ।
२०८३ असोज ११ आइतबार, बेलुकी ६:३९ बजे१ मिनेट पढाइ

धनुषाको मिथिला नगरपालिका–११ आपगाछी टोलमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ ।
आज बिहान वर्षासँगै खसेको पहिरोले घर पुरिँदा ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरो खस्दा घरभित्र रहेका परिवारका अन्य चार जना सदस्य भने भागेर ज्यान जोगाउन सफल भएका छन् । पहिरोले घर पुरिएपछि स्थानीयवासीले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको छ । प्रहरीले घटनास्थलको अवस्था तथा क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ ।
लगातारको वर्षाका कारण पहाडी तथा भिरालो क्षेत्रमा पहिरोको जोखिम बढेकाले स्थानीयलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।
न्यूज ब्यूरो फ्याक्ट चेक
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विजय ठाकुर
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…