जनकनन्दिनीमा असोज भोली ९ गते शुक्रबार विद्यालय बन्द
गाउँपालिकाले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई सम्भावित विपद्बाट सुरक्षित रहन र सतर्कता अपनाउन समेत आग्रह

२०८३ असोज ८ बिहीबार, बेलुकी ५:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम ।धनुषाको जनकनन्दिनी गाउँपालिकाले बाढीको सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा एक दिनका लागि बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार कमला नदीको तटीय क्षेत्रमा अविरल वर्षाका कारण बाढी आउन सक्ने सम्भावना रहेकाले असोज १० गते शुक्रबार गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, संस्थागत तथा परम्परागत (मदरसा) विद्यालय बन्द रहनेछन् ।
गाउँपालिकाले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई सम्भावित विपद्बाट सुरक्षित रहन र सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।
गाउँपालिकाको शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन तथा शिक्षा विकास तथा समन्वय इकाइ, धनुषाबाट प्राप्त सूचनाका आधारमा विद्यालय बिदा गरिएको जनाएको छ ।
सूचनामा तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…