यसपाली परिक्रमामा पर्शुरामको पनि डोला उठयो, परिक्रममा अब तीन डोला
परिक्रमाको धार्मिक लस्कर आज (आईतबार ) भारतको कल्याणेश्वर पुगेको छ । शनिबार जनकपुरको हनुमानगढी विश्राम गरेको थियो । यो नेपालकै सबभन्दा ठुलो धार्मिक पदयात्रा हो ।

२०७७ चैत १ आइतबार, बिहान ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ऐतिहासिक १५ दिने माध्यमिकी परिक्रमामा यसपालीदेखि पर्शुराम भगवानको पनि डोला उठेको छ ।
पौराणिककालदेखि चलिआएको ऐतिहासिक परिक्रमामा किशोरीजी र मिथिलाबिहारीको डोला उठदै आएकोमा यसपालीदेखि पर्शुराम भगवानको पनि डोला सामिल गरिएको हो ।
धनुषाको मिथिला बिहारी नगरपालिकाको पुरनदाहास्थित रहेको पर्शुराम तलाउस्थितको कुट्टिबाट पर्शुराम भगवानको डोला उठाएर परिक्रमामा सामिल गरिएको डोला व्यवस्थापन समितिका अध्यक्ष भोला व्यासले जानकारी दिए ।
यससँगै मिथिलाबिहारी नगरपालिकाबाट मात्र दुई वटा डोला परिक्रमाको लागि उठेको हो । अब निरन्तर प्रत्येक वर्ष पर्शुराम भगवानको डोला उठने व्यासले जानकारी दिए ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै व्यासले डोला उठाउन निकालिएको शोभायात्राको क्रममा सयौंको सँख्यामा महिला पुरुषहरुको धार्मिक लस्कर पर्शुरामको डोला पछाडी पदयात्रा गरेको थियो ।
परिक्रमाको लागि लाखौं लाखको सँख्यामा नेपालको विभिन्न जिल्ला सहित छिमेकी मूलुक भारतको समेत विभिन्न जिल्लाबाट सहभागी हुने धार्मिक लस्करको बीच यसपालीदेखि पर्शुराम भगवानको पनि डोला उठाइएको हो ।
त्रेताकालिन युगमा भगवान रामसीताको परिक्रमामा भगवान पर्शुराम समेत परिक्रमा गरेको किम्बदन्ती अनुसार पर्शुराम भगवानको समेत डोला उठाइएको बताइएको छ ।
त्यसको लागि मिथिलाबिहारी नगरपालिकाले सहयोग गरेको नगर प्रमुख अनिल कुमार यादवले जानकारी दिए । उनले पर्शुरामको डोला समेत विभिन्न पडावमा व्यवस्थापनको लागि वृहत्तर जनकपुर विकास परिषदसँग आग्रह गरेको बताए ।
नेपाल भारतको विभिन्न पडवास्थलमा अब पर्शुराम भगवानको पनि डोला व्यवस्थापन गरिने जनाइएको छ । शनिबार पर्शुरामको समेत डोला उठदा सयौंको सँख्यामा श्रद्धालुहरु भजन किर्तन गर्दै नगर परिक्रमा सहित मूल परिक्रमामा सामेल भएको थियो ।
परिक्रमाको धार्मिक लस्कर आज (आईतबार ) भारतको कल्याणेश्वर पुगेको छ । शनिबार जनकपुरको हनुमानगढी विश्राम गरेको थियो । यो नेपालकै सबभन्दा ठुलो धार्मिक पदयात्रा हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
विनय कुमार यादव
सह-सम्पादक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…