नेताको हिसाबले प्रधानमन्त्रीको उत्तम विकल्प महन्थ ठाकुर : नेता साह
देशमा स्थितरता प्रदान गर्नको लागि भएको सँघीयताको जडो मजबुत पार्न महन्थ ठाकुर प्रधानमन्त्रीको लागि उत्तम नेतृत्व साबित हुने उनले बताए ।

२०७७ फागुन २९ शनिबार, बिहान ९:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नेता सँजय कुमार साहले देशमा नेताको हिसाबले महन्थ ठाकुर सबभन्दा उत्तम विकल्प रहेको टिप्पणी गरेका छन् ।
सँघीयता बचाउनको लागि वर्तमान परिवेशमा देशको प्रधानमन्त्रीको उत्तम विकल्प रहेको बताएका छन् । वर्तमान राजनीतिक उथलपुथलको बीच महन्थ ठाकुरलाई प्रधानमन्त्रीको चर्चा चलेसँग संक्षिप्त टिप्पणीमा उनले महन्थ ठाकुरको विकल्प नभएको बताएका छन् ।
“नेताहरुको हिसाबले हेर्ने हो, भने वा नेतृत्वको हिसाबले पनि हेर्ने हो, नैतिकताको आधारमा पनि हेर्ने हो भने प्रधानमन्त्रीको लागि महन्थ ठाकुरको अर्को कुनै विकल्प उत्तम छैन् । महन्थ ठाकुर प्रधानमन्त्री बने आपत्ति कुनै पनि दल वा नेतालाई हुनुपर्दैन् ।”– उनले टिप्पणी गरे ।
देशमा स्थितरता प्रदान गर्नको लागि भएको सँघीयताको जडो मजबुत पार्न महन्थ ठाकुर प्रधानमन्त्रीको लागि उत्तम नेतृत्व साबित हुने उनले बताए ।
जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आन्तरिक छलफल सुरु भएको चर्चासँग उनले न्यूज ब्यूरोसँगको टिप्पणीमा जसपाले महन्थ ठाकुरलाई नै अघि सार्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…