धनुषा–३(२) बाट कांग्रेस प्रदेश प्रतिनिधिमा दीपक ठाकुरको उम्मेदवारी

२०८३ असोज १४ बुधबार
रति ८:३४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनुषा–३(२) बाट युवा नेता दीपक कुमार ठाकुरले प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन् ।

जनकपुरधाम–८ निवासी ठाकुर इन्जिनियरिङ पृष्ठभूमिका साथै शिक्षा क्षेत्रमा सक्रिय छन् । उनी हाल जनकपुरधाममा विद्यालय सञ्चालन गर्दै शिक्षा व्यवस्थापनमा समेत संलग्न छन् ।

सरसफाइ, शिक्षा तथा सामाजिक अभियानमा सक्रिय ठाकुरले केही वर्षअघि ‘आफ्नो वार्ड आफैँ बनाऔँ’ अभियान सञ्चालन गरेका थिए । कोरोना महामारीका बेला पनि उनले विभिन्न सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

ठाकुर जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा समितिका सदस्य तथा एन–प्याब्सन जनकपुरधाम नगर समितिका अध्यक्षसमेत हुन् । उनले शिक्षा क्षेत्रको गुणस्तर सुधार, व्यवस्थापन तथा विद्यार्थीको समग्र विकासका विषयमा आवाज उठाउँदै आएका छन् ।

प्रदेश प्रतिनिधिमा आफ्नो उम्मेदवारीलाई युवा सहभागिता, शिक्षा सुधार र सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाउने ठाकुरले बताएका छन् । उनले पार्टी संगठनलाई थप सक्रिय र जनमुखी बनाउन युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा

  • २०८३ असोज १४ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो ।  विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने

पूरा पढ्नुहोस्

Bureau Menus