धनुषाको मिथिला बिहारीमा लालेश्वरनाथ महादेव मन्दिरको उदघाटन
उपप्रमुख अनिता कुमारी साह र प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र लाल कर्णको विशिष्ट आतिथ्यमा एक कार्यक्रमबीच लालेश्वरनाथ मन्दिरको उदघाटन गरिएको हो ।

२०७७ फागुन २७ बिहीबार, राति ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारीमा आज शिवरात्रीकै दिन लालेश्वरनाथ महादेव मन्दिरको उदघाटन गरिएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललियास्थित महादेवको अवतार लालेश्वरनाथ महादेवको मन्दिरको एक कार्यक्रमबीच उदघाटन गरिएको हो ।
मिथिला बिहारी नगरपालिकाका मेयर अनिल कुमार यादवको प्रमुख आतिथ्यमा लालेश्वरनाथ महादेव मन्दिरको उदघाटन सहित समुदायिक भवनको उदघाटन गरिएको हो ।
उपप्रमुख अनिता कुमारी साह र प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र लाल कर्णको विशिष्ट आतिथ्यमा एक कार्यक्रमबीच लालेश्वरनाथ मन्दिरको उदघाटन गरिएको हो ।
स्थानीय समाजसेवी रौदी मुखिया, गुरुदेव यादव , चन्दर मण्डल , पशुपतिनाथ मण्डल , सुर्जा पासमान, १ नंं वडाका वडा अध्यक्ष श्री प्रमोद कुमार मण्डल , ७ नम्बरका वडा अध्यक्ष प्रदिप साहको समेत विशेष उपस्थितिमा उदघाटन गरिएको हो ।
सो उदघाटन कार्यक्रमको लागि उदघोषक दिप नारायण ठाकुरले गरेका थिए भने कार्यक्रममा नगरपालिका कर्मचारी , मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का समाजसेवी बुद्विजिवी, राजनैतिक प्रतिनिधिहरु , विभिन्न क्लवका प्रतिनिधिहरु तथा लालेश्वर नाथ मन्दिरको निर्माणको उपभोक्त समितिको अध्यक्ष राजकिशोर मसखिया उपस्थितीमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको आयोजक मिथिला विहारी नगरपालिका रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…