मैथिलीमा अश्लिल गीत गाएको भन्दै गायकलाई अर्ध–मुन्डन गरी बजार घुमाइयो (भिडियो सहित)
गायक पिन्टु दिवानालाई अर्ध–मुण्डन गरी घुमाएपछि अहिले विभिन्न ठाउँमा अश्लिल गीत गाउने गायकहरुप्रति समेत प्रश्न उठन थालेको छ ।

२०७७ फागुन २७ बिहीबार, बेलुकी ५:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एक युवक गायकले मैथिलीमा अश्लिल गीत गाएको भन्दै स्थानीयहरुले अर्ध–मुन्डन गरी बजार घुमाएको छ ।
ती गायकले आफ्नै गाउँ टोलकी किशोरी र युवतिमाथि अभद्र टिप्पणी सहितको गीत गाएको भन्दै आक्रोसित स्थानीयहरुले उनलाई समातेर अर्ध–मुण्डन गरी बजार घुमाएको छ ।
यो घटना नेपाल भारतको सीमासँगै रहेको भारत विहारको मधेपुरा जिल्लाको रहेको छ । मधेपुरा जिल्ला स्थित पुरैनी थाना भटौनी बस्ने अन्दाजी बर्ष २० का 'पिन्टु दिवाना' नामक गायकले अश्लिल गीत गाएको भन्दै उनलाई बजार घुमाइएको छ ।
उनले केही दिन अगाडी गाएको मैथिली भाषाको गीत "रतियामे तकिया पर लेतौ मजा" बोलको गीतपछि पनि स्थानीयहरु आक्रोसित बनेका थिए । उनले सो गीतहरु आलमनगर स्थित एक स्टुडियोमा रेकर्डिँग गरेको थियो ।
भिडियोमा हेर्नुहोस ...
उनले गाएको गीतहरु गाउँमा युवाहरुले सुनेपछि उनलाई सम्झाएका पनि थिए । गाउँले सम्झाएपछि पनि नमानेपछि उनलाई आक्रोसित स्थानीयहरुले समातेर अर्ध–मुण्डन गरी गाउँभरि घुमाएको छ ।
गायक पिन्टु दिवानालाई अर्ध–मुण्डन गरी घुमाएपछि अहिले विभिन्न ठाउँमा अश्लिल गीत गाउने गायकहरुप्रति समेत प्रश्न उठन थालेको छ ।
तराई मधेशको विभिन्न जिल्लाबाट युवाहरुले रिलिज गर्ने गीत प्रायः अश्लिल र दोहोरो अर्थ लाग्ने खाले गीतहरु हुन्छन् ।
सप्तरीका सन्नु कुमार, सिरहाका ज्ञानु यादव लगायतका गायकहरुले केही दिन यता मैथिली भाषामा पनि अश्लिल शब्दहरु समेटिएको, दोहोरो अर्थ लाग्ने गीतहरु गाउन थालेका छन् ।
उनीहरुको गीतमा जहिले पनि गाउँ समाजकी युवति, किशोरी, महिलालाई बेईज्जत गरेको सुन्न सकिन्छ । गीतमा युवतिको बारेमा नाकारात्मक खाले टिप्पणी सहितको शब्दहरु छानिएको सुन्न सकिन्छ ।
यद्यपी, यसको लागि तराई मधेशका युवाहरुले कुनै प्रकारको आवाज भने उठाएका छैनन् । युवाहरुले फेसबुक लगायतका समाजिक सँजालमा टिप्पणी गर्दै बिर्सदै गएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…