वडादेखि प्रदेश समितिका सदस्यहरुलाई काठमान्डौं उपस्थित हुन नेकपा माओवादी केन्द्रको सर्कुलर
यसका साथै, माओवादी केन्द्र निकट मजदुर सँगठन, किसान, महिला, आदिवासी जनजाती, पेशाकर्मी, युवा सँगठन, विद्यार्थी सँगठन, दलित सँगठन सहित विभिन्न मोर्चाबाट पनि उपस्थित हुन सर्कुलर जारी गरिएको हो ।

२०७७ फागुन २५ मंगलबार, राति १०:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले पार्टी कार्यालयहरुमा माओवादी केन्द्रको झण्डा र साईनबोर्ड राख्ने सर्कुलर जारी गरेको छ ।
पार्टीले मँगलबार जारी गरेको सर्कुलरमा पार्टीको प्रादेशिक कार्यालय, जिल्ला कार्यालय, पालिकास्तरीय कार्यालय देखि वडास्तरीय कार्यालयसम्म माओवादी केन्द्रको झण्डा र बोर्ड राख्न भनिएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव श्रीराम ढकालद्धारा जारी गरिएको सर्कुलरमा विभिन्न जिल्लास्तरीय देखि प्रदेशस्तरीय नेताहरुलाई काठमान्डौं बोलाएको हो । पार्टीको बैठक र प्रशिक्षण भन्दै सर्कुलरमा आगामी चैत्त १ गते काठमान्डौं उपस्थित हुन सर्कुलर गरिएको हो ।
जसमा प्रदेश समितिका सदस्यहरु, पूर्व सल्लाहकार समितिका सदस्यहरु, जिल्ला समितिका सदस्यहरुमा प्रत्येक जिल्लाबाट ५÷५ जना गरी उपस्थित हुन बोलाएको हो ।
यसका साथै, माओवादी केन्द्र निकट मजदुर सँगठन, किसान, महिला, आदिवासी जनजाती, पेशाकर्मी, युवा सँगठन, विद्यार्थी सँगठन, दलित सँगठन सहित विभिन्न मोर्चाबाट पनि उपस्थित हुन सर्कुलर जारी गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…