नौसयविघा समाज सहयोग युवा समुहको सक्रियतापछि चौतर्फी प्रशँसा
हस्तान्तरण कार्यक्रममा बजरंग युवा कल्बको अध्यक्ष रामपुकार यादवको पनि सहभागीता रहेको थियो ।

२०७७ फागुन २४ सोमबार, राति ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । “सेवा र सहयोग नै मानव धर्म हो” भन्ने मूलनाराका साथ धनुषाको नौसयविघाका युवाहरुले समाजसेवामा लागेका छन् ।
मुलनाराको साथ एक गरिव परिवारको छोरी बिहेमा आर्थिक सहयोग गर्दा स्थानीयहरु सहयोगि संस्थालाई स्थानीयहरुले प्रशँसा गरेका छन् ।
सोमबार धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसय विग्हा टोलका सत्यनारायण महाराको आर्थिक अवस्था दयनिय भएको स्थानीय सत्यनारायण महरा परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
अवस्था दयनीय भएको भन्दै उनको छोरीको बिहे हुन लागेको खवर प्राप्त भएपछि रकमको अभावलाई मध्यनजर गर्दै उनलाई सहयोग गरिएको हो । महरा परिवारले नौसय विग्हा समाज सहयोग युवासमूह संग आर्थिक सहयोगका लागि अपिल गरेको थियो ।
संयोजक विजय कुमार मण्डलको जन्म दिनको अवसर पारेर पाँचौ सहयोग स्वरुप आर्थिक ५१ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग गरेका छ्न । स्थानीय युवाहरुको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा बजरंग युवा कल्बको अध्यक्ष रामपुकार यादवको पनि सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…