प्रहरीलाई १०० रुपैयाँ घुस दिन खोज्ने युवक पक्राउ
पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाँउपालिका २ देउरालीका ३२ बर्षिय भरत लुंगेली रहेका छन ।

२०७७ फागुन २३ आइतबार, बेलुकी ५:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, चितवन । चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाँउपालिका २ देउरालीका ३२ बर्षिय भरत लुंगेली रहेका छन ।
शनिवार गरिएको चेकजाँचको क्रममा भरतपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा प्रहरी हवल्दार हरी बहादुर घर्तीमगरलाई ना ३ ख २३२२ नम्वरको ट्रक चालक लुंगेलीले घुस दिन खोजेका थिए ।
चितवन राईस मिल समितिको चलानी पत्र भित्र एक सय घुस राखेर दिन खोज्दा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए ।
चालकले साथमा सवारी चालक अनुमती पत्र नरहेकोले मिलाइदिनु परयो भन्दै घुस दिएका थिए । थप अनुसन्धान भइरहेको र आवश्यक कारवाही गरिने प्रहरीले जनाएको छ ।
News24 मा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…