चिसो छल्न तापेको आगो जिउमा सल्कँदा एक महिला गम्भीर घाइते
बिनय यादव, मिर्चैया, ८ फागुन । चिसो छल्न आगो तापिरहेकी सिरहाकी एक महिलाको जिउमा आगो सल्किँदा गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ९ मौराहा पैनघटा बस्ने मुकेश माझीकी श्रीमती अन्दाजी ३५ वर्षीया गीता देवी माझी छन् । पारिवारिक श्रोतका अनुसार बिहान आगो वालेर ताप्दै गर

२०७४ फागुन ८ मंगलबार, बिहान १०:२५ बजे१ मिनेट पढाइ

बिनय यादव, मिर्चैया, ८ फागुन । चिसो छल्न आगो तापिरहेकी सिरहाकी एक महिलाको जिउमा आगो सल्किँदा गम्भीर घाइते भएकी छन् ।
घाइते हुनेमा सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ९ मौराहा पैनघटा बस्ने मुकेश माझीकी श्रीमती अन्दाजी ३५ वर्षीया गीता देवी माझी छन् ।
पारिवारिक श्रोतका अनुसार बिहान आगो वालेर ताप्दै गर्दा उनको साडीमा थाहै नपाई हुर्हुरी सल्केको आगोले उनको खुट्टा, हात र ढाड लगायत शरीरका केही भागमा पोलेको छ ।
माझीको मिर्चैया स्थित एक निजी अस्पतालमा उपचार भइरहेको परिवारजनले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…