भोली बिहिबार देशैभरिको अदालत बन्द
प्रदेश नम्बर २ को सर्लाही जिल्लामा वि.सं. १९८८ साल फागुन ३ गते जन्मेका पूर्व प्रधान न्यायाधीश सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरेका थिए ।

२०७७ फागुन १९ बुधबार, राति ८:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भोली बिहिबार फागुन २० गते देशैभरिको अदालत अड्डा बन्द रहने भएको छ ।
मँगलबार नेपालका पूर्व प्रधान न्यायधीश सुरेन्द्र प्रसाद सिंहको असामयिक निधन भएको भन्दै शोक मनाउन एक दिने अदालतहरु बन्द रहने सर्वोच्च अदालतद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रधान न्यायाधीश सिंहको असामयिक निधनबाट न्याय र कानूनको क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको भन्दै सर्वोच्च अदालतले एक दिनको लागि देशभरिको सबै जिल्ला अदालत, उच्च अदालतहरु बन्द गर्ने निर्णय गरेको हो ।
प्रदेश नम्बर २ को सर्लाही जिल्लामा वि.सं. १९८८ साल फागुन ३ गते जन्मेका पूर्व प्रधान न्यायाधीश सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरेका थिए ।

मिति २०५२।०६। १० मा नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त भई मिति २०५३।११।०३ सम्म कार्यरत रहेका सिँहको निधनपछि सर्वोच्च अदालतले एक दिने देशव्यापी अदालत बन्द गरी शोक मनाउने निर्णय गरेको हो ।
"पूर्व प्रधान न्यायाधीश सुरेन्द्रप्रसाद सिंहको असामयिक निधनमा शोक मनाउन यहि मिति २०७७ फागुन २० गते बिहिबार एकदिन नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु शोक विदाको रुपमा बन्द रहने भनी सर्वोच्च अदालतको मिति २०७७।११। १९ मा बसेको आकस्मिक पूर्ण बैठकले निर्णय गरेको बेहोरासमेत जानकारी गराइन्छ।”– विज्ञप्तीमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…