नेपाली काँग्रेसको फेसबुक पेज १५ मिनेटसम्म ह्याक !
केही बेर अगाडी मात्र पुनः नेपाली काँग्रेसको सो पेजमा अफिसियल लोग सहितको प्रोफाईल फोटो राखिएको हो ।

२०७७ फागुन १९ बुधबार, बेलुकी ७:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । देशको दोस्रो सबभन्दा ठुलो राजनीतिक पार्टीको रुपमा रहेको नेपाली काँग्रेसको अफिसियल फेसबुक पेज करिब १५ मिनेटसम्म ह्याक भएको थियो ।
ब्यूटिक भेरिफिकेशन समेत रहेको नेपाली काँग्रेसको अधिकारिक फेसबुक पेजमा टर्किस ह्याकरले प्रोफाईल तस्विर परिवर्तन गरि सन्देश समेत लेखेको थियो ।
त्यसमा लेखिएको छ टर्किस पावर एनी टाईम, एनी व्हेर (टर्किसको शक्ति जहिले पनि र जहाँ पनि) भनेर स्टेटस समेत अपडेट गरिदिएको थियो ।
नेपाली काँग्रेसको अधिकारिक फेसबुक पेजक करिब ७ः०० बजे तर्फ नै ह्याक भएको देखिएको छ । यद्यपी, ब्लुक टिक भेरिफिकेशनले गर्दा १५ मिनेटमै पेज ह्याकरको हातबाट छुटाएको हो ।
केही बेर अगाडी मात्र पुनः नेपाली काँग्रेसको सो पेजमा अफिसियल लोग सहितको प्रोफाईल फोटो राखिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…