धनुषाधाम नपाको बजेट ३६ करोड बढी , डिजे निषेध
विनय कुमार यादव, न्यूज ब्यूरो || जनकपुरधाम, ७ फागुन । धनुषाधाम नगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४/०७५ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण गरिएकोछ । धनुषाधाम नगरपालिकाका प्रमुख९मेयर० बालेश्वर मण्डलले चालु आर्थिक वर्षको अनुमानित बजेट ३६ करोड २ लाख ९० हजार पाँच सय २१ रुपैयाँको बजेट सार्व

२०७४ फागुन ७ सोमबार, राति ९:३१ बजे२ मिनेट पढाइ

विनय कुमार यादव, न्यूज ब्यूरो ||
जनकपुरधाम, ७ फागुन । धनुषाधाम नगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४/०७५ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण गरिएकोछ ।
धनुषाधाम नगरपालिकाका प्रमुख९मेयर० बालेश्वर मण्डलले चालु आर्थिक वर्षको अनुमानित बजेट ३६ करोड २ लाख ९० हजार पाँच सय २१ रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।
शनिबार नगरपालिका परिसरमा आयोजित एक सभाका बीच प्रमुख मण्डलले नगरपालिकाको आन्तरिक श्रोतबाट २ करोड १८ लाख ६ हजार २१ रुपैयाँ, नेपाल सरकारबाट वित्तिय समानीकरणबाट प्राप्त २३ करोड चार लाख ७९ हजार, सर्शत अनुदान ३ करोड ९५ लाख ७६ हजार रहेको बताए ।
उनले बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षातर्पm पाँच करोड ६२ लाख ९९ हजार, सडक बोर्डतर्पm ३५ लाख, एजीसिडीपीतर्पm १३ लाख ६५ हजार, बहुक्षेत्रीय पोषण कार्यक्रममा १४ लाख ३८ हजार रुपैयाँ छुट्टयाइएको बताए ।
डिजे निषेध
नगरपालिकाको केही वडाहरुमा डिजे निषेध समेत गरिएको छ । कार्ययोजनामा भोजपुरी अश्लिल गीत सहित डिजे बजाउन प्रतिबन्ध लगाइएको हो ।
यस्तै, चालु खर्ततर्प १५ करोड ३९ लाख २१ हजार ९ सय ८६ रुपैयाँ रहेको उनले बताए । पुँजिगत खर्चतर्पm २१ करोड ९ लाख १९ हजार पाँच सय ३५ रुपैयाँ रहेको छ ।
बजेटमा सडक, कृषि, सिचाई, स्वास्थ्य, शिक्षा, ग्रामीण विद्युतिकरणका कार्यहरुलाई उच्च प्राथमिकतामा राखिएको छ । ८० वर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई घरमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिने योजना सार्वजनिक गरिएको छ ।
चार वटा स्वास्थ्य संस्था मध्ये कुकुर र सर्प टोकाईको उपचार केन्द्र, प्रसुती गृह र ब्लड बैंकको स्थापना गर्ने योजना रहेको छ । जनकपुरधाम–धनुषाधाम–धारापानी सडकखण्डलाई चारलैनको बनाउने योजना अगाडी बढाउने भएको छ ।
कार्यक्रममा पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रतिपक्षमा बसेर पनि संविधान संशोधन विधेयकलाई अगाडी बढाउनमा पार्टी लागिरह्ने जानकारी दिए ।
संविधान संशोधन काँग्रेसको एजेण्डा रहेकोले यसलाई अघि बढाउनमा पार्टी पछि नपर्ने तर्क उनले गरे । विकासको मामिलामा सबै दल एकजुट भएर अगाडी बढ्नुपर्ने धारणा नेता निधिले राखे ।
विकास कार्यमा राजनीति गर्नुहुँदैन, उनले भने–राजनीति भए मधेशको विकास हुँदैन ।’ विकास कार्यमा सबैको सहयोग अपरिहार्य रहेको उनले थपे । कार्यक्रममा पूर्वमन्त्री आनन्द प्रसाद ढुंगाना, पूर्वमन्त्री महेन्द्र यादव, जिल्ला समन्वय समितिका सभापति रामदेव यादव बनरैत, कमला नगरपालिकाका मेयर रामउदगार गोइत, क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार, हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…