प्रजातन्त्र दिवसमा बालकल्याणमा जेसिजको फलफूल
न्यूज ब्यूरो || राजविराज, ७ फागुन । राजविराज जेसीज ६८ औँप्रजातन्त्र दिवसको अवसरमा बाल कल्याण गृहका बालकहरूलाई फलफूल वितरण गरिएको छ । राजविराज जेसीज वर्ष २०१८ का अध्यक्ष कृष्ण कुमार देवको नेतृत्जमा पूर्व अध्यक्षद्वय सन्तोष कुमार सिन्हा तथा मनोहर कुमार पोखरेल लगायत वर्ष २०१८ का पदाधिकारीहरूको एक टोलील

२०७४ फागुन ७ सोमबार, राति ८:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
राजविराज, ७ फागुन ।
राजविराज जेसीज ६८ औँप्रजातन्त्र दिवसको अवसरमा बाल कल्याण गृहका बालकहरूलाई फलफूल वितरण गरिएको छ ।
राजविराज जेसीज वर्ष २०१८ का अध्यक्ष कृष्ण कुमार देवको नेतृत्जमा पूर्व अध्यक्षद्वय सन्तोष कुमार सिन्हा तथा मनोहर कुमार पोखरेल लगायत वर्ष २०१८ का पदाधिकारीहरूको एक टोलीले बालकल्याण गृहका बालबालिकाहरुलाई फलफूल प्रदान गरेका हुन् ।
देशमा प्रजातन्त्र स्थापना गर्न बलिदानी शहीदहरूको सम्झनामा २ मिनेट मौनधारण समेत गरिएको थियो।
बाल कल्याण गृहका कर्मचारीहरू तथा २३ जना बालकहरूको उपस्थिति रहेको थियो।
फलफूल वितरण कार्यक्रमको समापन पश्चात बालगृहका बालकहरूले नृत्य प्रस्तुत गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…