हुलाकी राजमार्ग भ्रमणमा रहेका नेता पौडेलले भने -'देश अनिर्णयको बन्दी हुनबाट जोगियो'
उनले भने, ‘यो निर्णय नआएको भए नेपालमा जे पनि गर्न पाइने एउटा नजिर खडा भई विश्वसामु न्याय कानुन नभएको देशको नामले गलत पहिचान सावित हुने थियो । यस खतराबाट देशले मुक्ति पाएको छ ।’

२०७७ फागुन १२ बुधबार, बेलुकी ७:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बुधबार प्रदेश नम्बर २ को धनुषा आएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश अनिर्णयको बन्दी हुन जोगिएको बताएका छन् ।
पूर्वी धनुषाको कमला नगरपालिका हुँदै अस्थायी राजधानी जनकपुरसम्म आएका नेता पौडेलले सर्वोच्चको फैसलाबाट देश अनिर्णयको बन्दी हुनबाट जोगिएको बताएका छन् ।
सिरहा जिल्ला हुँदै कमला नदी पार गरी कमला नगरपालिका, विदेह नगरपालिका, औरही गाउँपालिका हुँदै जनकपुरसम्म पुगेका नेता पौडेलले सर्वोच्चको निर्णयले देशमा न्याय अझै जीवित रहेको विश्वास तुल्याएको बताए ।
नेपाली काँग्रेस धनुषाद्वारा आज जनकपुर धाममा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रधानमन्त्री र राष्ट्रपतिले मिलेर खडा गरेको गम्भीर खतराबाट सर्वोच्च अदालतको फैसलाले देश जोगिएको बताए ।
उनले भने, ‘यो निर्णय नआएको भए नेपालमा जे पनि गर्न पाइने एउटा नजिर खडा भई विश्वसामु न्याय कानुन नभएको देशको नामले गलत पहिचान सावित हुने थियो । यस खतराबाट देशले मुक्ति पाएको छ ।’
नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूलाई उनले पार्टी विधानको दायराभित्र रहेर पूर्ण अनुशासित र सक्रियतापूर्वक संगठन विस्तारसँगै देश जोगाउनेदेखि प्राप्त उपलब्धिहरूको रक्षा समेतको भूमिका खेल्न निर्देशन दिएका छन् ।
नेता पौडेल गत फागुन १० गतेदेखि प्रदेश नम्बर २ को सप्तरी जिल्लाबाट सुरु गरेको हुलाकी राजमार्ग भ्रमण कार्यक्रम अन्तर्गत तराई मधेश भएर गएको सबै जिल्लाको विभिन्न स्थानमा कार्यकर्ता भेटघाट गर्दै जाने नेपाली काँग्रेसका विद्यार्थी नेता मनोहर ठाकुरले जानकारी दिए ।
सो क्रममा कमला नगरपालिकाका मेयर राम उदगार गोईत सहित नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले कमला नगरपालिका वडा नम्बर ३ लगमा स्थित भव्य स्वागत गरेको थियो । यस्तै, माचि झिटकैया हुँदै अन्य विभिन्न ठाउँमा नेता पौडेललाई स्वागत गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…