सर्वोच्चको फैसलाले सहि लोकतन्त्रको अनूभूति भयो : नेता साह
नेता साहले फैसलालाई जनताको पक्षमा भएको महत्वपूर्ण निर्णय भन्दै अबदेखि कुनै पनि पक्षबाट संविधानको उलंघन र हत्या नहोस भन्ने आसा व्यक्त गरे ।

२०७७ फागुन १२ बुधबार, बिहान ८:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य सँजय कुमार साहले सर्वोच्चको फैसलाले देशमा असली लोकतन्त्रको अनूभूति भएको प्रतिक्रिया दिएका छन् ।
मँगलबार सर्वोच्च अदालतले प्रतिनीधिसभा पुनःस्थापनाको निर्णयले आम जनता र संविधानको जीत भएको टिप्पणी गरेका छन् ।
न्यूज ब्यूरोसँगको संक्षिप्त टिप्पणीमा नेता साहले जनतामा रहेको अदालतप्रतिको विश्वासले अर्को गुणात्मक जित हासिल गरेको टिप्पणी गरे । उनले जनताको भावनालाई अदालतले सम्मान गरेको भन्दै आजको निर्णयपछि नेपालको न्यायालयप्रतिको विश्वास झनै बढेर गएको बताए ।
उनले भने,–“नेपालको न्यायालयप्रतिको सम्मान झनै बढेर गएको र त्यसले गुणात्मक फड्को मारेको छ । न्यायलय अझै छँदैछ भनेर अनुभूति दिलाएको छ । देशमा न्याय मरेको छैन भनेर साबित हुन्छ ”
नेता साहले फैसलालाई जनताको पक्षमा भएको महत्वपूर्ण निर्णय भन्दै अबदेखि कुनै पनि पक्षबाट संविधानको उलंघन र हत्या नहोस भन्ने आसा व्यक्त गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…