धनुषाको हँसपुरमा १० बेडको अस्थायी कोभिड अस्पताल सँचालनमा
यसका साथै, कोरोना भाइरसको चरम अवधीमा विभिन्न तवरले सहयोग पुरयाएको भन्दै विभिन्न व्यक्तित्वलाई सम्मान समेत सोही कार्यक्रममा गरिएको छ ।

२०७७ फागुन १० सोमबार, राति ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकामा आजदेखि १० बेडको कोभिड अस्पताल सँचालनमा ल्याइएको छ ।
हँसपुर नगरपालिकाको वडा नम्बर ७ नौवाखोर प्रसाहीस्थित एक कार्यक्रमबीच नगर प्रमुख राम ज्ञान मण्डलले अस्थायी कोभिड अस्पतालको उदघाटन गरेका छन् ।
हंसपुर नगरपालिकामा कोभिड १९ रोकथाम नियन्त्रणको लागि सोमबार उदघाटन कार्यक्रमको आयोजना गरी मेयर मण्डलले अस्थायी कोभिड अस्पतालको उदघाटन गरेका हुन् ।
नगरभित्रै अस्थायी कोभिड अस्पताल सँचालनमा आएपछि कोरोना भाइरसका सँक्रमितलाई सोही अस्पतालमा राखेर स्थानीय स्तरमै उपचार गर्न सहज हुने विश्वास लिइएको हो । नगर प्रमुख मण्डल र उपमेयर रेणु झाले सँयुक्त रुपमा अस्पताल उदघाटन गरेको हो ।
यसका साथै, कोरोना भाइरसको चरम अवधीमा विभिन्न तवरले सहयोग पुरयाएको भन्दै विभिन्न व्यक्तित्वलाई सम्मान समेत सोही कार्यक्रममा गरिएको छ ।
सोही क्रममा आयुर्वेद पद्धतिबाट आम समुदायलाई जन चेतना जगाई तथा क्वारेन्टाइनमा योग ,जडिबुटीको माध्यम स्वास्थ्य सेवा प्रवाह गरि उत्कृष्ट काम गरे बापत स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।
कोरोनाकालमा स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको कदर गर्दै स्वास्थयकर्मीहरुलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल, लेखा अधिकृत नेत्र लुँगेली स्वास्थ्यकर्मी, वडाध्यक्षहरु सहित स्थानीयहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…