सिरहाका वन प्रमुख दासले बनपालेलाई बनाए भान्से
कार्यालयको कामकाज लगाउने पैसा निजि काममा लगाइरहेको आरोप लगाउँदै साहले कार्यालयका लेखापाल दिपक साह र कार्यालय प्रमुख दासको मिलोमतोमा व्यापक भ्रष्टाचार भैरहेको आरोप समेत लगाए ।

२०७७ फागुन ८ शनिबार, बिहान १०:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । वन डिविजन कार्यालय सिरहा लहानका वन प्रमुखले वनको लागि गस्तीमा खट्ने वनपालेलाई भान्सेको रुपमा प्रयोग गर्दै आएको खुलेको छ ।
वन डिविजन कार्यालय सिरहा लहानका कार्यालय प्रमुख सुभाष दासले वनपालेलाई नै भान्से बनाएको हो । वनपालेको काम वनको गस्ती गर्नु रहेपनि वनपालेलाई सो काम गर्न नदिएर भान्सा पकाउन भान्सेको रुपमा प्रयोग गर्दै आएको आरोप लगाइएको छ ।
नेपाल विद्यार्थी सँघ (नेविसंघ) का निवर्तमान केन्द्रीय सह महामन्त्री परमेश्वर साहका अनुसार कार्यालय प्रमुख दासले कार्यालय खर्च वापत आउने रकमबाट अन्य किनमेल समेत गर्ने गरेको हो । “गस्तीको सट्टा खाना पकाउन लागाउने काम गराइरहेको छ । साथै अफिस खर्चको बजेट ले निजि काम कपडा धुन,तरकारी ,पान र रजनी गन्धा किन्न स्टाफ राखेको छ ।” उनले भने ।
कार्यालयको कामकाज लगाउने पैसा निजि काममा लगाइरहेको आरोप लगाउँदै साहले कार्यालयका लेखापाल दिपक साह र कार्यालय प्रमुख दासको मिलोमतोमा व्यापक भ्रष्टाचार भैरहेको आरोप समेत लगाए ।
कार्यालय प्रमुख दास कहिलेकाही मात्रै आउने र लेखापाल दिपक साह दोहोरो भूमिका निभाउँदै अनियमितता गरेको आरोप पनि लगाए । बन डिभिजनमा लेखाअधिकृत हुदा हुँदै लेखापाल साह र दासको मिलोमतोमा अफिस बजेट निजि काममा प्रयोग गरिरहेको बताए ।
सो सन्दर्भमा कार्यालय प्रमुख दासले वनपाले कहिलेकाही खान बनाउने गरेको जीकिर गरे । उनले गस्तीमा खटेर आउँदा पनि कहिलेकाही व्यवहारिक रुपमा मात्र खाना बनाइदिने गरेको बताए । “यहाँ जसलाई हुन्छ, उनले खाना बनाइदिन्छ, यो व्यवहारिक कुरा मात्र हो । हामीले उनलाई भान्से झैं प्रयोग गरेका छैनौं । फूर्सदको बेला खाना बनाइदिने गरेको छ ।” उनले खण्डन गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…