नेपाली काँग्रेसका नेता डा. कोईराला धनुषाको यदुकूहा आउँदै
नेता कोईराला यदुकूहा र जनकपुर आउने भएपछि नेपाली काँग्रेस निकट भातृ सँगठनहरुले उनको स्वागतको तयारी समेत गरेको छ ।

२०७७ फागुन ६ बिहीबार, बिहान ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका नेता डा. शेखर कोईराला आज धनुषाको यदुकूहा आउने भएको छ ।मामा
विराटनगर विमानस्थलमा अवतरणपछि विराटनगरमै नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै डा. कोइरालाले धनुषाको वीरेन्द्र बजारमा समेत कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
वीरेन्द्र बजारमा कार्यकर्ता भेटघाटपछि धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहा स्थित पनि नेपाली काँग्रेसका कार्यकर्ताहरु, नेताहरुसँग औपचारिक भेटघाट हुने समाचार प्राप्त भएको छ ।
जनकपुरमा पूर्व साँसद डा. शोभाकर पराजुलीको पुस्तक विमोचन कार्यक्रममा समेत आजै सहभागी हुन जनकपुर समेत आउने बताईएको छ । पूर्व राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा डा. कोईरालाले सहभागीता जनाउने भएको छ ।
नेता कोईराला यदुकूहा र जनकपुर आउने भएपछि नेपाली काँग्रेस निकट भातृ सँगठनहरुले उनको स्वागतको तयारी समेत गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…