पत्रकार महासँघको कोठे साधारणसभा स्वीकार्दैनौ : उपाध्यक्ष साह
२ नम्बर प्रदेश पत्रकार महासँघले अन्य विभिन्न पत्रकारका सँगठनहरुलाई वाईपास गरी वीरगँजमा साधारण सभा सम्पन्न गरेको हो ।

२०७७ फागुन २ आइतबार, बेलुकी ६:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पत्रकारहरुको एक सँगठन प्रेस मँचले नेपाल पत्रकार महासँघले एकात्मक र तानाशाही ढँगले साधारणसभा गरेको भन्दै अस्विकार्य रहेको बताइएको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश २ को साधारणसभा एकात्मक र तानाशाही ढंगले सिन्डिकेट लगाएर सम्पन्न गरिएको भन्दै त्यो साधारणसभा प्रेस मँचले नस्विकार्ने बताएको छ ।
प्रेस मँचका केन्द्रीय उपाध्यक्ष विन्दकिशोर साह (किशोर गुरु) ले एक प्रेस विज्ञप्ति जारी गर्र्दै प्रदेश नम्बर २ को पत्रकार महासँघले एकलौटी र कोठामा बन्द गरी साधारण सभा गरेको भन्दै आपत्ति सहित साधारण सभा नस्विकार्ने अडान लिएको छ ।
यसका साथै, पत्रकारितामा सक्रिय कतिपय संगठनहरुलाई समेत बाइपास गरि आफ्नो मोनोपोली ढंगले केही सीमित व्यक्ति तथा संगठनलाई सहभागि गराई साधारणसभा सम्पन्न गरेको भन्दै साधारणसभा नमान्ने चेतावनी दिएको छ ।
“प्रेस मञ्च जस्ता सञ्चार जगतको क्षेत्रमा सक्रिय संगठनहरुको प्रतिनिधि सहभागी नगराउनु तथा जानकारी समेत नदिनुले पत्रकार महासंघ जस्ता राज्यको चौथो अंग कहलिएका निकायले नै निषेधको राजनीति गर्ने गरेको हाम्रो ठहर छ ।”– विज्ञप्तिमा भनिएको छ ।
प्रेस मञ्चले सीमित व्यक्तिको सहभागितामा भएको कोठे साधारणसभा तथा चोर बाटोबाट गरिएको साधारणसभालाई नस्वीकार्ने जानकारी गराएको हो । २ नम्बर प्रदेश पत्रकार महासँघले अन्य विभिन्न पत्रकारका सँगठनहरुलाई वाईपास गरी वीरगँजमा साधारण सभा सम्पन्न गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…