टमाटरमा छर्ने कोब्रा नामक विषादी सेवनले एक किशोरीको अवस्था चिन्ताजनक
अवस्था गम्भिर रहेको साहको उपचारमा बुवा संलग्न रहेको, उक्त स्थानमा प्रहरी सहायक नीरिक्षक विनय सिंहको कमाण्डमा ५ जनाको टोली खटी गएको जिल्ला प्रहरी कार्यलय सर्लाहीको प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

२०७७ फागुन १ शनिबार, बिहान ८:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा विशादीको सेवनले एक जना किशोरीको अवस्था गम्भिर भएको छ।
अवस्था गम्भिर हुनेमा हरिवन नगरपालिका वडा नम्बर २ लालभित्ती बस्ने राम नरेश साहकी छोरी वर्ष १७ की निशा साह रहेको प्रहरीले जनाएको छ ।
घरायसी वादविवादको कारण टमाटरमा छर्ने कोब्रा नामक विषादी सेवन गरी विरामी भई उपचारको लागी लालबन्दी मोडेल अस्पताल रहेको छ ।
अवस्था गम्भिर रहेको साहको उपचारमा बुवा संलग्न रहेको, उक्त स्थानमा प्रहरी सहायक नीरिक्षक विनय सिंहको कमाण्डमा ५ जनाको टोली खटी गएको जिल्ला प्रहरी कार्यलय सर्लाहीको प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…